एनआरएनको न्युयोर्क साधारणसभा नेपाली अमेरिकनको एकता र सहकार्यका लागि कोशे ढुंगा साबित हुने छ’

इनेप्लिज २०७२ साउन १६ गते ११:३३ मा प्रकाशित

अमेरिका । आगामी सेप्टेम्बरमा न्युयोर्क शहरमा वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिका यतिबेला संगठन बिस्तार र नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त सहित संगठन निर्माणमा जुटेको छ ।

निर्वाचन परिणाम आए लगत्तै प्रलयकारी भूकम्पले तहस नहस भएको मातृभूमि नेपालको विकट पहाडी जिल्ला रसुवा पुगेर पिडित जनको सेवा गरि फर्किएको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको नेतृत्व चुनावी प्रतिबद्धता अनुरुप नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त बोकेर संगठन निर्माण र आन्तरिक बिबादका बिषयहरु निरुपण गर्ने अभियानमा जुटेको हो ।

यसै क्रममा शुक्रबार सम्पन्न संघको नियमित बैठकले संघको साधारण सदश्य सम्बन्धि दिर्घकालिन समस्या समाधानको बाटो पहिचान गरि प्रभावकारी सदश्य प्रक्रिया सुझाउन संघका पूर्व उपाध्यक्ष श्री पराजुलीको नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलले यथा शिघ्र संघको साधारण सदश्य सम्बन्धि दिर्घकालिन समस्या समाधानको बाटो पहिचान गरि प्रभावकारी सदश्य प्रक्रिया सुझाउने संघको अपेक्षा रहेको छ ।

यसै गरि नेपाली अमेरिकन महिलाहरुलाई संगठित गर्ने र उनीहरुको मुद्धामा केन्द्रित रहँदै प्रभाकारी काम कारबाही संचलान गर्ने उद्देश्यले संघको महिला संयोजक राधा पौडेल संयोजक र सदश्यहरु क्रमश, इंदिरा त्रिपाठी, लक्ष्मी रानाभाट, मीरा वस्ती, अभिमा उप्रेती, गीता पन्त, बिमला गुरुङ, माला महत रहेको अर्को कार्यदल समेत गठन गरेको छ ।

यसै गरि आसन्न एनमा-नासाको आसन्न अधिबेशनमा संघको प्रतिनिधत्व हुने गरि एनआरएन फोरम संचालन गर्न संघकी महिला संयोजक राधा पौडेललाई जिम्मेवारी दिएको छ ।

गत साता प्रबुद्ध नेपाली अमेरिकनहरु मध्यबाट सन्तुलित सल्लहाकार समूह चयन गरेको संघले यस अघिनै नेपाली अमेरिकनको चासो र सरोकारको बिषय रहेका मुद्धाहरुलाई सम्बोधन गर्ने क्रममा संजिव सापकोटाको नेतृत्वमा जन स्वास्थ्य सम्बन्धि सरोकार राख्ने कार्यदल गठन थियो ।

एनआरएन अमेरिकाको नेतृत्वले सन्तुलित सल्लहाकार समूह र कार्यदल गठनमा देखाएको बुद्धिमत्तापूर्ण निर्णयको सम्पूर्ण नेपाली अमेरिकनले स्वागत गर्दै संघको अक्टोबरमा हुने विश्व शिखर सम्मेलनमा नेपाली अमेरिकनको नेतृत्वदायी भूमिकाका बिषयमा समेत संघको आसन्न सेप्टेम्बरमा आयोजना हुने साधारण सभाले ठोस नीति तय गर्नु पर्ने अपेक्षा सर्बत्र गरिएको छ ।

अध्यक्ष पौडेलले दिएको जानकारी अनुसार एनआरएन अमेरिका यति बेला संगठन निर्माण र आगामी सेप्टेम्बरमा न्युयोर्क शहरमा आयोजना गरिने वार्षिक साधारण सभाको तयारीमा जुटेको छ यसका अतिरिक्त संघ सिघ्र नेपाली अमेरिकनको हितमा हुने रचनात्मक कामहरु सुरु गर्ने तयारीमा समेत जुटेको छ ।

अध्यक्ष पौडेलकै भनाई अनुसार अक्टोबरमा हुने विश्व शिखर सम्मेलनमा नेपाली अमेरिकनको नेतृत्वदायी भूमिका स्थापित गर्न समेत संघको अमेरिकी नेतृत्वले विवाद रहित प्रतिनिधित्वको लागि पहल सुरु गरि सकेको छ । पौडेलले थपे, ‘एनआरएनको न्युयोर्क साधारणसभा नेपाली अमेरिकनको एकता र सहकार्यका लागि कोशे ढुंगा साबित हुने छ’ ।

प्रतिक्रिया