नेपाली मूलका चलचित्र निर्देशक श्रेष्ठ अमेरिकामा छाउदै

इनेप्लिज २०७२ साउन १६ गते ११:०१ मा प्रकाशित

unnamed

अमेरिकाको क्यालिफोर्निया लस एन्जल्समा बसोवास गर्दै आएका ब्यबसायी एंव सामाजिक सेवामा समर्पित नेपाली निर्देशक दिल बहादुर श्रेष्ठ अन्तर राष्ट्रिय जगतमा समेत चलचित्र क्षेत्रलाई राम्रो र मर्यादित बनाउने अभियानमा लागि परेका छन् ।

श्रेष्ठद्धारा निर्देशित चलचित्र ‘द ट्रेजन’ले व्लिस चलचित्र महोत्सवमा छोटो चलचित्र विधामा अडियन्स अवार्ड र बेस्ट एक्टर अवार्ड जित्न समेत सफल भएको छ ।

यस्तै न्युयोर्क अन्तर राष्ट्रिय चलचित्र महोत्सबमा पनि अडियन्स अवार्ड समेत हात पारि सकेका छन् । सो चलचित्र अंग्रेजी भाषामा निर्माण गरिएको छ । हालै निर्देशक एंव समाजसेवी श्रेष्ठ क्याराभान फिल्म एन फिल्म फेस्टिवलको निर्देशक रहेका छन् l र ,साथै अन्तरराष्ट्रीय खेलाडी, ब्यबसायी र समाजसेवी तथा हिमालय फ़ाउन्डेशनका सस्थापक यज्ञ लाल श्रेष्ठ चलचित्र प्रोडक्सन एंड फिल्म महोत्सबको समेत अध्यक्ष रहेका छन् l

निर्देशक दिल बहादुर श्रेष्ठ छिट्टै अन्तर राष्ट्रिय स्तरको नयाँ फिल्म लिएर अन्तराष्ट्रिय फिल्म क्षेत्रमा आउने अन्तिम तयारीमा रहेका छन् l साथै अब आउने दिनहरुमा लस एन्जेलस हलिवुड क्षेत्रमा चलचित्र महोत्सव पनि गर्ने योजनामा रहेको जानकारी गराएका छन् l

सामाजिक सेवा नै सबै भन्दा ठूलो धर्म मान्ने निर्देशक एंव समाजसेवी दिल बहादुर श्रेष्ठले नेपालको विभिन्न जिल्लाहरुमा विद्यालय निर्माणमा सहयोग गर्दै आई रहेका छन् । यस्तै थुप्रै विनासकारी भुकम्प पिडित परिवारहरुलाई राहत सहयोग पनि गरि रहेका छन् l

आफ्नो जन्मस्थान धादिङमा विद्यालय निर्माणको लागि जग्गा समेत उपलब्ध गराएर जिल्लामा उदाहरणीय व्यक्ति बन्न सफल भएका छन् l

प्रतिक्रिया