मन्त्री आचार्य भन्छन्– साउन मसान्तमै संविधान जारी हुन्छ
इनेप्लिज
२०७२ साउन १६ गते ९:२४ मा प्रकाशित
विराटनगर, १६ साउन । वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले संविधान निर्माणको काम तीव्र गतिले भइरहेकाले यही साउन मसान्तसम्म संविधान जारी हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रारम्भिक मस्यौदामा प्राप्त जनताका सुझावलाई छलफल गरी मस्यौदामा समेट्ने उद्देश्यले गहन रुपमा छलफल भइरहेकाले निर्धारित मितिमै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
“सबै दललाई सम्बोधन हुने गरी सीमाङ्कनसहित संविधान जारी गर्न प्रयास भइरहेको र सो विषयमा असन्तुष्ट दलसँग वार्ताका लागि प्रधानमन्त्रीसहित चार दलका नेता प्रयत्नशील हुनुहुन्छ’–उहाँले भन्नुभयो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया