शिविरका सबै बालबालिका बिरामी
गजुरी (धादिङ), १६ साउन । भूकम्पपछि गाउँमा बस्न नसकिने भएकाले घर छोडेर सदरमुकाम नजिकै बस्न आमाबाबुसँग आएका उत्तर धादिङका बालबालिका धमाधम बिरामी पर्न थालेका छन् ।
एउटा पालमुनि बसेकी कान्छी तामाङले आफ्नो बच्चा बिरामी परेको र उपचारसमेत नपाएको गुनासो गरिन् ।
खोकी लाग्ने, टाउको दुख्ने, नाकबाट सिङ्गान बग्ने, खानेकुरा नखाने, हिँडडुल गर्न नसक्ने र ज्वरो आउने जस्ता लक्षण देखिएर बालबालिका बिरामी भइरहेको रि गाविसकोबाट आएकी ज्ञानी तामाङले बताइन् ।
नीलकण्ठ नगरपालिकाको दामगाडेमा आएर बसेका रि गाविसका १८० घर छन् । यहाँ रहेका ३०० बालबालिकामध्ये करिब ३० प्रतिशतको हाराहारीमा बिरामी परेका छन् ।
अस्पतालमा पैसा तिर्नुपरेका कारण बिरामी लान नसकेको उनीहरुले बताएका छन् । टिकट काट्दादेखि औषधि किन्दा सबै ठाउँमा पैसा चाहिन्छ । तर आफूहरुसँग घर छाडेर आएकाले पैसा छैन । कसरी उपचार गराउनु ? पीडितहरुको प्रश्न थियो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया