पदयात्रामा परराष्ट्रमन्त्री

इनेप्लिज २०७२ साउन १६ गते २:५८ मा प्रकाशित

Mahendra-Pandeyकाठमाडौँ, १६ साउन । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा आज बिहान यहाँ पदयात्रा गरियो ।

नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको पदयात्राको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मुख्यसचिव लीलामणि पौड्याल र नेपालका लागि चीनका राजदूत उ चुन्ताइले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रारम्भ भएको पदयात्रा घण्टाघर–रत्नपार्क–सहिदद्वार–नयाँसडक हुँदै वसन्तपुर दरबारक्षेत्रमा पुगेर टुङ्गिएको थियो ।

पदयात्रामा परराष्ट्रमन्त्रीका साथ चेम्बर कार्यसमितिका सदस्य, परराष्ट्रमन्त्रालय निजामती एवम् जङ्गी सेवाका पदाधिकारी, नेपाल–चीन उद्योग वाणिज्य सङ्घ, काम र व्यवसायको सिलसिलामा यहाँ बसोबास गर्दै आएका चिनियाँ नागरिक, यहाँस्थित चिनियाँ राजदूतावासका अधिकारी र पत्रकारहरुको सहभागिता थियो ।

नेपाल–चीन सम्बन्धलाई चिरस्थायी तुल्याउन तथा दुई पक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवलाई स्मरणीय बनाउन पदयात्रा आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज साठीऔँ वर्षमा प्रवेश गरेको हो । दुई देशले आजकै दिन अर्थात् १ अगस्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् ।

प्रतिक्रिया