छ सहकारी संस्थालाई चिलिङ भ्याट वितरण
इलाम, १६ साउन । जिल्ला पशुसेवा कार्यालय, इलामले जिल्लाका छवटा सहकारी संस्थालाई दूध चिस्याउने चिलिङ भ्याट वितरण गरेको छ ।
गत आव ०७१/७२ मा दुई हजार, एक हजार र ५०० लिटर क्षमताका चिलिङ भ्याट संस्थालाई वितरण गरिएको छ ।
कार्यालयले साङरुम्बास्थित पानीटार कृषि सहकारी संस्थालाई दुई हजार लिटर क्षमताको, पशुपतिनगर–९ स्थित लक्की डेरी, साँखेजुङस्थित कञ्चनजङ्घा चीज उद्योग, इलाम नगरपालिकास्थित महत कृषि र पशुपालन व्यवसायलाई एक/एक हजार लिटर क्षमताको तीन वटा चिलिङ भ्याट वितरण गरेको जनाएको छ ।
सूर्याेदय नगरपालिकास्थित आचार्य पशुपालन कृषि तथा डेरीफर्म र चुलाचुलीस्थित अन्नपूर्ण कृषि तथा सहकारी संस्थालाई ५०० लिटर क्षमताका दुई वटा चिलिङ भ्याट वितरण गरेको कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताउनुभयो । चिलिङ भ्याट स्थापना भएपछि किसानलाई दूध सङ्कलनमा सहयोग पुगेको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया