भूकम्प पिडितको लागि डिसीमा गल्फ खेलको भब्य तयारी

इनेप्लिज २०७२ साउन १६ गते १:५६ मा प्रकाशित

9223885_orig

डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर नेसनलले वाशिंगटन डिसी क्षेत्रमा गल्फ प्रतियोगिता गराउने भएकोले त्यसको लागि समिति पुरा तयारीमा लागेको छ l खेलको लागि तयारी निकै अगाडी बढेको छ भन्दै उक्त प्रतियोगिताको लागि दर्ता धमाधम भै रहेको जानकारी संस्थाका महासचिब बिनय अर्यालले दिएका छन् l

महा-सचिब अर्यालले दिएको जानकारी अनुसार सहभागी बढ्ने आशाबादी भएको बताउदै उक्त खेलको लागि अहिले सम्म १६ जना सहभागी हुने भै सकेको बताएका छन् l महासचिब अर्यालले अन्य जानकारी को साथै अमेरिकाका लागि नेपाल सरकारका राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ले पनि नाम लेखाउनु भएको बताएका छन् l

र उक्त खेलको साथै रात्री भोजन सहित १ सय ५० डलर दर्ता शुल्क राखिएको संस्थाकि कोषाध्यक्ष केमिका भण्डारीले बताईन l उनले दिएको जानकारी अनुसार अगस्त २ तरिख डिसी महानगर क्षेत्रको म्यारिल्याण्डको घर ए कवाफ चमेना गृहमा गल्फ खेल सम्बन्धि आईतबार साँझ ७ बजे जानकारी दिने उदेश्यले भेटघाट पनि राखिएको जानकारी दिएकी छिन् l

अहिले सम्म १६ जना मध्ये ३ जना खेलाडीले नेपालबाट नाम लेखाएको जानकारी संस्थाकि अध्यक्ष सीता पाण्डेले बताउदै यस खेलबाट उठेको रकम नेपालको भूकम्प पिडितको लागि सहयोग गरिने पनि बताइन l र , आज गल्फ खेलको लागि नेपालबाट एक जना खेलाडी आएको जानकारी अध्यक्ष सीता पाण्डेले दिएकी छिन् l

प्रतिक्रिया