सोमबार, असार ७ २०७८
काठमाडौं ०३:४९
वासिङटन डिसी 18:04

विश्व ओलम्पिक खेलमा नेपालले एक स्वर्ण र एक रजत पदक प्राप्त गर्यो, खेलाडीको सम्मानमा रात्रि भोज

इनेप्लिज २०७२ साउन १६ गते ०:०० मा प्रकाशित

Special Olympics World Game 2लस-एन्जलस १६ साउन । बौद्धिक अपांगता भएका खेलाडीहरुका लागि आयोजित विश्व ओलम्पिक खेल २०१५ मा सहभागी हुन आएका नेपाली खेलाडीको सम्मानमा बिहिबार साँझ लस-एन्जलसमा एक कार्यक्रम सम्पन्न भएको छ । दक्षिण क्यालिफोर्नियाका नेपाली अमेरिकनको तर्फबाट आयोजित सम्मान कार्यक्रममा विश्व ओलम्पिक खेल २०१५ अन्तर्गत युनिफाइड फुटबल तर्फ स्वर्ण पदक बिजेता ललितपुरका आशिस देउजा, २०० मिटर दौड तर्फ चितवनका प्रदिप अधिकारी र अन्य सहभागी खेलाडीहरु मोनिका कार्की, दिपा निरौला र इन्द्र शर्मालाई प्रमुख अतिथि अमेरिकाका लागि नेपाली वाणिज्य दुत ऋषि ढकाल र स्थानिय अगुवा समाजसेवी चिरिन्जीबी गौतमले नगद रकम उपहारस्वरूप प्रदान गरेका थिए । सम्मान कार्यक्रममा प्रमुख अतिथि वाणिज्यदुत ऋषि ढकालले बौद्धिक अपांगता भएका मानिसहरुको प्रतिभा पहिचान गरि उनीहरुलाई समाजमा सम्मान पुर्वक बाच्ने अवशर प्रदान गर्ने नागरिक समाज सदैव सजग र सचेत हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा हेड अफ डेलिगेशन ज्योति शेरचनले आफ्नो जिन्दगी र उर्जा बौद्धिक अपांगता भएका हितमा समर्पित गरेको बताए । विश्व ओलम्पिक खेल २०१५मा सहभागी हुन आएका प्रशिक्षक गणेश पराजुली र प्रशिक्षक मिना भुषालले बिस्तारै नेपाली समाज बौद्धिक अपांगता मैत्री बन्दै गएको जानकारी दिएका थिए । जेष्ठ नेपाली अमेरिकन वेद भक्त जोशीको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा स्थानिय अगुवा समाजसेवी प्रेम गुरागाईं लगायतका बक्ताले खेलाडीहरुको प्रशंसा गरेका थिए । समाजसेवी चिरिन्जीबी गौतमले संचालन गरेको कार्यक्रममा स्वयंसेवक वर्षा गौतमले नेपाली खेलाडीहरुलाई बौद्धिक अपांगता मैत्री बाताबरणमा पुर्याएको सहयोगको सहभागी सबैले प्रसंसा गर्दै उनको स्वयंसेवी कार्यको लागि धन्यवाद व्यक्त गरेका थिए ।

Special Olympics World Gameस्थानिय तारा हिमालय कुजिनमा सम्पन्न भएको कार्यक्रम पछि खेलाडीहरुको सम्मानमा रात्री भोज समेत आयोजना गरिएको थियो । बौद्धिक अपांगता भएका खेलाडीहरुका लागि आयोजित विश्व ओलम्पिक खेल २०१५ मा सहभागी हुने उद्देश्यले ९ जनाको नेपाली टोलि पदकको अपेक्षा सहित लस-एन्जलस आइपुगेको थियो । यस अघि गत साता स्पेशल ओलम्पिक खेलमा सहभागी हुन आएका नेपाली खेलाडी र प्रशिक्षकहरुलाई स्थानिय म्यानहटन सिटीका मेयर मार्क बर्टन र अमेरिकाका लागि नेपाली वाणिज्यदूत ऋषि ढकालले स्वागत गरेका थिए ।

हेड अफ डेलिगेसन ज्योति सेरचनका अनुसार जुलाई २५ देखि अगष्ट १ सम्म आयोजना हुने स्पेशल ओलम्पिक खेलमा नेपालले एथलेटिक्स र युनिफाइड फुटबल खेलमा सहभागिता जनाएको छ ।

स्पेशल विश्व ओलम्पिक खेल २०१५ मा सहभागी हुन आउने खेलाडिहरुमा एथलेटिक्स तर्फ मोनिका कार्की, दिपा निरौला, प्रदिप अधिकारी र इन्द्र शर्मा रहेका छन् भने बोची तर्फ आशिस देउजा रहेका छन् । स्पेशल ओलम्पिक नेपालका तर्फबाट आएको नेपाली खेलाडी र प्रशिक्षक सहितको टोली सोमाबर २७ जुलाई देखि सुरुभै अगष्ट १ तारिख सम्पन्न भए पछि स्वदेश फर्किने छ । शन १९६४ मा सुरु भएको स्पेशल ओलम्पिक खेलमा नेपालले १९८७ देखि लगातार सहभागिता जनाउदै आएको छ । क्यालिफोर्नियाको लस-एन्जलस शहरस्थित, मेमोरियल कोलिजम खेल मैदानमा शनिबार उद्घाटन हुनेआयोजित स्पेशल ओलम्पिक खेल २०१५ मा १७७ राष्ट्रका खेलाडीहरुले २७ ओटा खेलमा प्रतिष्पर्धा गरेका छन् ।

Special Olympic world game Consulate

प्रतिक्रिया