सधैं ज्ञानको खोजीमा लाग्ने कलाम

इनेप्लिज २०७२ साउन १५ गते १४:५० मा प्रकाशित

abdul-kalam-passed-awayकाठमाडौँ, १५ साउन । नेपाल भारतमैत्री समाजले भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलामको निधनप्रति दुःख व्यक्त गर्दै आज यहाँ श्रद्धाञ्जलिसभाको आयोजना गरेको छ ।

यही साउन ११ गते ८४ वर्षका उमेरमा कलामको निधन भएको थियो । श्रद्धाञ्जलि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले कलाम सधैं ज्ञानको खोजीमा लाग्ने भएकाले पनि सबै जनता तथा युवा वर्गको हृदयमा बस्न सफल हुनुभएको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले सन् २००८ मा पूर्वराष्ट्रपति कलामले काठमाडौँ विविको दीक्षान्त समारोहमा गरेको सम्बोधन स्मरण गर्नुभयो । भारतका लागि नेपालका पूर्वराजदूत डा लोकराज बराल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का उपकुलपति डा जीवराज पोखरेललगायतले कलामले भारतको उन्नति र प्रगतिमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

प्रतिक्रिया