बुधबार, असार ९ २०७८
काठमाडौं २२:४९
वासिङटन डिसी 13:04

स्कटल्यान्डसामु १७८ रनको चुनौती

इनेप्लिज २०७२ साउन १५ गते १४:२५ मा प्रकाशित

hqdefaultकाठमाडौँ, १५ साउन । आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत साँझ भएको खेलमा नेपालले स्कटल्यान्डविरुद्धकोे दोस्रो खेलमा १६८ रनको सामान्य चुनौती पेस गरेको छ ।

स्कटल्यान्डस्थित ऐरमा जारी प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पाँच बल खेल्न बाँकी छँदा अल आउट हुँदै मात्र १६७ रन बनाउन सक्यो । खेलमा नेपालको खराब प्रदर्शन आज पनि जारी रह्यो । नेपालका लागि पृथु बाँस्कोटाले १६, शरद भेषवाकरले, ३०, अविनाश कर्णले १७, ज्ञानेन्द्र मल्लले १६, प्रदीप ऐरीले १६ र कप्तान पारस खड्काले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँगै तीन रनले पराजित भएको थियो । केहीबेरमा स्कटल्यान्ड जवाफी ब्याटिङमा उत्रँदैछ ।

प्रतिक्रिया