मृतक सङ्ख्या बत्तीस
इनेप्लिज
२०७२ साउन १५ गते १३:३४ मा प्रकाशित
पोखरा, १५ साउन । बुधबार राति वर्षासँगै आएको भीषण पहिराले कास्कीको लुम्ले, भदौरे तमागी र ढिकुरपोखरी गाविस–९ ठूलीचौरमा आज अपराह्नसम्म मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती ठाउँमा क्रमशः २५, पाँच र दुई जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ पुरुष र २० महिला छन् ।
उक्त घटनामा घाइते भएका १ मध्ये दुई जना उपचारपछि घर फर्केका छन् । लुम्लेमा बेपत्ता भएका ८१ वर्षीया सियोधरी देवकोटा र पाँच महिने बालिका अन्जीला शेर्पालाई मृतावस्थामा आज पहिराबाट निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो घटनामा परी यसअघि ३० जनाको मृत्यु भइसकेको थियो ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया