सार्वजनिक खरिद विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित
काठमाडौँ, १५ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सार्वजनिक खरिद(पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले प्रस्तुत गरेको ‘खोप विधेयक, २०७१’ र ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७१’ माथि विचार गरियोस् भनी राखेको प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले सार्वजनिक खरिद विधेयकसम्बन्धी विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले विकासनिर्माणका काममा लापरबाही गर्ने तथा लगत र समय बढाउने प्रवृत्ति निरुत्साहन गर्न सो विधेयक ल्याइएको बताउनुभयो ।
उहाँले पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन विधेयकमा सरलीकृत व्यवस्था गरिएको र केही समस्या भए संशोधन गर्न सरकार तयार रहेको बताउनुभयो । सो प्रस्तावमाथि डिल्लीप्रसाद काफ्ले, जनकराज जोशी, रामहरि सुवेदी, रामनारायण बिंडारी, प्रकाश ज्वाला, भरतकुमार शाह, रामेश्वर फुयाँल, धनीराम शर्मा र अमरबहादुर थापाले आआफ्नो धारणा राख्नुभएको थियो ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७२’ र ‘केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ पनि सदनसमक्ष पेस गरिएको छ । विधायन समितिका सभापति गङ्गा चौधरीले ती प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले ‘मानव शरीरको अङ्ग प्रत्यारोपण(नियमित तथा निषेध) (पहिलो संशोधन) विधेयक, २०७२ प्रस्तुत गर्नुभयो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही साउन १७ गते अपराह्न ३ बजे बस्ने कार्यक्रम छ ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया