भारतीय राष्ट्रपतिलाई के भने देउवाले ?
काठमाडौँ, १५ साउन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ ।
नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा अपराह्न १ः०० बजे राष्ट्रपति मुखर्जी र नेता देउवाबीच शिष्टाचार भेट भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजनीतिक मिनिस्टर काउन्सिलर तीर्थ वाग्लेले जानकारी दिनुभयो ।
सो भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा समेत छलफल भएको थियो । भेटमा नेता देउवाले भूकम्पपछि भारतले नेपाललाई गरेको सहयोगको सराहना गर्नुभएको थियो ।
यसअघि नेता देउवाले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो । भारत सरकारको निमन्त्रणामा नेता देउवा साताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया