लागुऔषधसहित एक पक्राउ

इनेप्लिज २०७२ साउन १५ गते ४:३९ मा प्रकाशित

drugsविराटनगर, १५ साउन । मोरङमा लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको छ ।

खोटाङको खार्ताम्छा–८ घर भई हाल काठमाडौँको बौद्ध पिपल बस्ने १८ वर्षीय इन्द्र राईलाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय अनुसन्धान समूह र क्षेत्रीय लागुऔषध ब्युरोको टोलीले उनलाई बिहीबार साँझ विराटनगर–२१ ढाटमा जाँचका क्रममा पक्राउ गरेको हो ।

उनको साथबाट लागुऔषध एभिल, लुपीजेसिक र डाइजेपामको १००/१०० एम्पुल बरामद भएको छ । राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, रानी विराटनगरमा राखिएको छ ।

प्रतिक्रिया