यार्सा सङ्कलक मृत भेटिएको घटनामा प्रहरीले बत्तीसजनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु

इनेप्लिज २०७२ साउन १५ गते ४:२२ मा प्रकाशित

भीमदत्तनगर, १५ साउन । यार्सागुम्बा सङ्कलन गर्न बझाङको उच्च हिमाली भेग काँडा गाविस–३ को राइढुङ्गी लेक स्थानीय युवक धर्म बोहरा मृत भेटिएको घटनामा प्रहरीले घटनामा संलग्नताको आशङ्का ३२ जनालाई नियन्त्रणमा लिएको छ ।

गत शनिबार यार्सा सङ्कलनका क्रममा आफ्नो डेराबाट एक घन्टाको पैदल दूरीमा बोहरा मृत अवस्थामा भेटिएका थिए । करिब दुई दिनको पैदल यात्रापछि घटनास्थल पुगेको सीमा प्रहरी चौकी धुलीका प्रहरी नायब निरीक्षक धर्मानन्द जोशी नेतृत्वका टोलीले घटनामा संलग्नताको आशङ्का ३२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृतकका साला रामचन्द्र धामी, भाइ सबिन बोहरा र गणेश बोहराले यार्सा सङ्कलनका लागि रु पाँच लाखसमेत मृतक बोहराको साथमा रहेको प्रहरी समक्ष जानकारी दिए पनि सो रकमसमेत फेला नपरेको प्रहरीको भनाइ छ । “संलग्नताका आधारमा पक्राउ गरी अनुसन्धान थालेका छौँ”, जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले भन्नुभयो, “अनुसन्धानपछि मात्रै घटनाको बारेमा थाहा हुन्छ ।”

प्रतिक्रिया