मोदीखोला र तल्लो मोदीखोलाको उत्पादन बन्द

इनेप्लिज २०७२ साउन १५ गते ४:०७ मा प्रकाशित

फलेवास (पर्वत), १५ साउन । अविरल वर्षाका कारण मोदीखोलामा बाढी आउँदा दुई जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।

पहिरोका कारण पर्वतको देउपुरस्थित १४.८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्र र चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एकमा विद्युत् उत्पादन बन्द भएको हो ।

पर्वतको तिलहार गाउँ विकास समिति–९ बेतनीमा गएको पहिरोले प्रसारण लाइनमा क्षति पु¥याएपछि मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन गएरातिदेखि बन्द भएको हो । प्रसारणलाइन अवरुद्ध भएपछि इन्टेकमा विद्युत् आपूर्ति नहुँदा उत्पादन बन्द भएको मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।
अवरुद्ध सडक सञ्चालन भएपछि प्रसारणलाइन मर्मत गरी विद्युत् उत्पादन सञ्चालन गरिने उहाँले बताउनुभयो ।

यसैगरी मोदीखोलामा आएको बाढीले चुवास्थित विद्युत् गृहमा क्षति पु¥याएपछि १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनाको उत्पादन पनि बन्द भएको छ । बाढीले विद्युत् गृहको सुरक्षाका लागि लगाइएको पर्खाल भत्काएर विद्युत् गृहमा नै बाढी पसेको छ । विद्युत् गृहको ढोका बन्द गरेका कारण ठूलो क्षति नपुगे पनि उत्पादन सञ्चालन गर्न केही समय लाग्ने आयोजनाका इलेक्ट्रिकल ओभरसियर विष्णुु सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया