डिसीमा डा प्याकुरेल संग अन्तरक्रिया

इनेप्लिज २०७२ साउन १५ गते ०:२२ मा प्रकाशित

DSC07581

अमेरिकाको वाशिंगटन डिसीमा स्थापना भएको अन्तर राष्ट्रिय विकास संस्था तथा वाशिंगटन नेपाल फोरमको सयुक्त आयोजनामा अमेरिकी राज्य बिभागको निमन्त्रणामा झन्डै सवा एक महिनाको लागि सोध छात्रको रुपमा अध्ययनको लागि आउनु भएका राजनैतिक समाज शास्त्रका ज्ञाता डा उद्धव प्याकुरेल संग वाशिंगटन डिसीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो l

उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै उद्धव प्याकुरेल (बिध्या वारिधि )पहिला आफु नुवाकोटको सानो गाउँमा जन्मेको हु भन्दै प्राथमिक बिद्यालयको शिक्षक पनि काम गरेको बताउनु भयो l अमेरिकाको स्टेट डिपार्टमेन्टले अम्यासाचुसेट्स बिश्वबिद्यालयको डोनाहु संस्थामा अमेरिकाको राजनीतिक विचार बिषयक मा अध्ययन गर्न जुन १८ देखि जुलाई ३१ सम्म को लागि अमेरिका आएको बताउदै डिसीमा नेपाली समुदाय संग भेटघाट हुन् पाउदा हर्ष लागेको बताउनु भयो l

उक्त कार्यक्रममा नेपालको निर्माणाधीन संबिधान मसौदा ,नेपाल पुनर्निर्माण तथा समामयिक बिषयमा छलफल गरिएको थियो भने केहि सहभागीले जिज्ञासा पनि रहेका थिए l संस्थाका सदस्य सागर रिजालले डा प्याकुरेलको संक्षेपमा परिचय दिएका थिए l

डा प्याकुरेलले आफ्नो मन्तब्यको क्रममा माओबादी आन्दोलन बारेमा दर्शन शास्त्र बिषयमा स्नातककोत्तर नै गरेको बताउदै आफुलाई माओबादी आन्दोलन प्रति अभिरुचि लागेकोले अध्ययन गरेको बताउनु भयो l डा प्याकुरेलले मन्तब्य कै क्रममा माओबादी आन्दोलन के हो र को को लागि गरिएको हो भन्ने बिषयमा अनुसन्धान र खोज गर्ने अवसर पाएको बताउदै अन्य समसामयिक बिषयमा पनि बोल्नु भएको थियो l

नेताहरुले जति खेर पनि संक्रमण कालिन अवस्था छ भन्ने गरेको र यसलाई भजाउने गरेकोले आफुलाई चित्त नबुझेको बताउनु भयो l जब जनताका मुद्धाहरु आउदछन तब जनतालाई पख्नु होस् संबिधान आउन दिनु होस् भन्ने राजनैतिक दल तथा नेताहरुले भन्ने गरेको चर्चा गर्नु भएको थियो l डा प्याकुरेलले संक्रमण कालिन भन्ने शब्द नै समस्या मुलक हो भन्नु भयो l वहाले सबैको जिज्ञाशाको उत्तर दिनु भएको थियो l

डा प्याकुरेल जवाहरलाल नेहरु विश्व बिद्यालय नया दिल्लीबाट बिद्या वारिधि गर्नु भएको छ भने हाल काठमाडौँ विश्व बिद्यालयका राजनैतिक समाज शास्त्रका सहायक प्राध्यापक हुनु हुन्छ l

यस्को अतिरिक्त डा प्याकुरेल साउथ एसियन डाईलोग , बसुदैब कुटुम्बकम , नेटवर्क ईन्सटिट्युट फर ग्लोबल डेमोक्राटाईजेसनमा संलग्न हुनु हुन्छ भने वहाले गरिवी , जनताको संलग्नता , सामाजिक समाबेसी .परिचय , प्रजातन्त्र , सामाजिक राजनैतिक बिषय बस्तुमा थुप्रै लेख लेख्नु भएको छ l

२००७ मा नया दिल्लीमा समाजशास्त्रीय दृष्टिकोण , नेपालको राजनीतिमा दलितको प्रतिनिधित्व भन्ने दुई वटा पुस्तकमा सह लेखक ,राज्य द्वन्द तथा नेपालमा प्रजातान्त्रिक आन्दोलन आदि पुस्तक लेख्नु भएको छ l डा प्याकुरेल जुलाई ३१ तारिख नेपाल फर्कदै हुनु हुन्छ l

DSC07565

DSC07575

DSC07558 DSC07583

प्रतिक्रिया