अवैध सुन बोक्ने पक्राउ
इनेप्लिज
२०७२ साउन १४ गते १६:०१ मा प्रकाशित
धुन्चे (रसुवा), १४ साउन । अवैध रुपमा सुन बोकी काठमाडौँ हिँडेका अवस्थामा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार बा६१प २९४८ नंको २०० सिसी पल्सर मोटरसाइकलबाट महिलाका कपडामा पोको पारी लुकाइछिपाई काठमाडौँ लाँदै गरेका अवस्थामा नेपाली सेना नारायण दल गणको धुन्चे चेकिङ पोस्टले एक केजी सुनसहित तिनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुल्जुङ गाउँका २५ वर्षीय योसाङ तामाङ र १६ वर्षीया सीता तामाङ छन् । उनीहरुको साथबाट बरामद भएको सुनको मूल्य ३८ लाख ४० हजार रहेको अनुमान गरिएको बताइएको छ । अभियुक्तका साथबाट मोबाइल चार थान, चिनियाँ युआन १०० र रु ५० हजारसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया