शुक्रबार, असार ११ २०७८
काठमाडौं १०:०२
वासिङटन डिसी 00:17

मुम्बई हमलामा अभियुक्तलाई भारतमा मृत्युदण्ड

इनेप्लिज २०७२ साउन १४ गते १५:२० मा प्रकाशित

Yakub-momonनयाँ दिल्ली, १४ साउन । मुम्बई हत्याकाण्डका एकजना अभियुक्तलाई बिहीबार भारतमा मृत्युदण्ड दिइएको समाचार छ ।

याकुब मेनन नाम गरेका ती अभियुक्तलाई भारतको पश्चिमी राज्य महाराष्ट्रको नागपुर जेलमा झुन्ड्याएर मृत्युदण्ड दिइएको हो ।

उनलाई उक्त जेलमा बिहीबार बिहान करिब ७ बजे झुन्ड्याइएको समाचारमा जनाइएको छ । सो समाचार भारतीय विद्युतीय सञ्चारमाध्यमहरुले बिहीबार दिनभर प्रशारण गरिरहेका छन् ।

उनलाई बिहान ७ बजे नागपुरको एक जेलमा झुन्ड्याएर मृत्युदण्ड दिइएको समाचारको भारतीय सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् ।

उनी भारतका मुम्बई सहरमा सन् १९९३ मा भएको शृङ्खलाबद्ध हमलाका दोषी थिए । उनको ती बम हमलामा मुख्य हात रहेको बताइएको थियो ।

उनले आफ्नो मृत्युदण्डको सजायको खारेजीका लागि पछिल्लो तथा अन्तिम पटक गरेको अपिललाई भारतीय सर्वाेच्च अदालतले अस्वीकार गरिदिएको थियो ।

सो अदालतले उनको अपिल खारेज गरेको केही समयपछि नै उनलाई मृत्युदण्ड दिइएको सञ्चारमाध्यमले दिएका छन् ।

प्रतिक्रिया