विश्वसाइकल यात्रीलाई फुकुओकामा सम्मान
टोकियो (जापान), १४ साउन । नेपालको परिचय संसारभर फैलाउने उद्देश्यले विश्वसाइकल यात्रामा निस्केका नेपाली दुई युवकलाई जापानको फुकुओकावासी नेपालीले बुधबार फुकुओकास्थित हाकातामा स्वागत र सम्मान गरेका छन् ।
विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाललाई फुकुओका नेपाली सोसाइटी, भेटघाट बचत तथा ऋण सहकारी, ओतोकु नेपाली समाज क्युस्यु, एनआरएन क्युस्यु समिति र नेपाली जनसम्पर्क समिति क्युस्युले संयुक्त रुपमा स्वागत तथा सम्मान गरेका हुन् । उनीहरुलाई पुष्पगुच्छा तथा खादा ओढाएर सम्मान गरिएको थियो ।
दक्षिण कोरिया र चीनको सीमाबाट दुई घन्टाको अन्तरमा रहेको फुकुओका टोकियोबाट पश्चिम तथा पाँचौं प्रसिद्ध बजार हो । सधैँजसो व्यस्त रहने हाकाताको ओहासी बजारमा चन्द्र र सूर्य अङ्कित नेपाली झन्डा र ढाका टोपी, कालो आस्कोट र दौरासुरुवालमा विश्वशान्तिका दूत गौतमबुद्धको तस्बिर अङ्कित नेपाल भएको सानो बोर्ड साइकलमा टाँगेर साइकल यात्रामा देखिँदा नेपालीवासी तथा सर्वसाधारण अचम्ममा परेका थिए ।
राजधानी टोकियोबाट नागोया, ओसाका हुँदै दुईसाताको अवधिमा फुकुओका पुगेका उनीहरु प्रवेशसँगै फुकुओकावासी नेपाली र त्यहाँका सर्वसाधारणले तस्बिर लिन सुरु गरेका थिए । यो निरन्तर बुधबार मध्यरातसम्म चलेको थियो । सन् २००४ डिसेम्बर ७ देखि यात्रा सुरु गरेका उनीहरुले हालसम्म ११६ मुलुकको यात्रा सम्पन्न गरिसकेका छन् । जापान ११७औँ भ्रमण मुलुक हो ।
उनीहरुले ताइवान, मकाउ, चाइना हुँदै जापान आएको र छिट्टै नै रसिया, युक्रेन हुँदै बाँकी मुलुकमा पुगेर सन् २०१७ मा विश्व भ्रमण सम्पन्न गर्ने बताएका छन् ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया