हिमाली क्षेत्रमा पालिने लुलुगाई सङ्कटमा
मुस्ताङ, १४ साउन । हिमाली क्षेत्रमा पालिने लुलुगाई सङ्कटमा परेको छ । मौसम परिवर्तनका कारण घाँस उत्पादन कम हुँदै जानु र प्रतिकूल हावापानीका कारण लुलुगाई हराउन थालेको स्थानीय किसानले बताएका छन् ।
घाँस थोरै भएपनि हुने र दूध धेरै दिने भएपनि किसानले पछिल्लो समयमा लुलुगाई पाल्न छाड्दै गएको चराईकी मायाँ विष्टले बताउनुभयो । पहिला एकदमै धेरै पालिन्थ्यो, तर अहिले एकदमै कम मात्रामा छ, उहाँले भन्नुभयो – “चराङमा केही घरले पालेका छन् नत्र सबैले छाडिसकेका छन् ।”
जिल्ला पशुसेवा कार्यालयका अनुसार, उपल्लो मुस्ताङको चराङसहित लोमान्थाङ, छोसेर, छोण्हुप, घमी र छोसेर गाविसलाई लुलुगाई पालनका लागि पकेट क्षेत्र मानिन्छ । गाईलाई विभिन्न किसिमका रोग लाग्नुका साथै दूधसमेत कम आउने समस्या देखिएको छ ।
नेपालका हिमाली जिल्लामा लुलुगाई पाल्ने परम्परा भएपनि पछिल्लो समय सबै जिल्लामा यस्तै समस्या देखिएको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा नन्दलाल बर्माले जानकारी दिनुभयो ।
लुलुगाई संरक्षणका लागि सम्बन्धित निकायले विशेष चासो देखाउनुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार परम्परागत तरिकाले गाईपालन गर्दा बढी समस्या देखिएको हो । “यहाँका किसानलाई गाईपालनसम्बन्धी ज्ञान र आधुनिक सीप सिकाउन आवश्यक छ, लुलुगाईका बारे अभियान नै चालिनुपर्छ,” उहाँले भन्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया