बालबालिकाका रगतमा सिसा
काठमाडौँ, १४ साउन । काठमाडौँ उपत्यकाभित्रका तीन अस्पतालमा उपचारमा आएका छ महिनादेखि ३६ महिनाका ३१२ बालबालिकामा गरिएको अध्ययनमा उनीहरुको रगतमा सिसाको मात्रा भेटिएको छ ।
त्रिविवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल पाटन र सिद्धि मेमोरियल अस्पताल भक्तपुरमा उपचारमा आएका बालबालिकाका रगतको नमुना परीक्षण गर्दा ९० प्रतिशत बालबालिकामा रासायनिक पदार्थ सिसाको मात्रा र ६० प्रतिशतमा उच्च मात्रा देखिएको तथ्याङ्क नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ सार्वजानिक गरेको छ ।
परिषद्का अनुसन्धानकर्ता डा मेघनाथ धिमाल नेतृत्वको टोलीले ती अस्पतालबाट १०४ का दरले नमुना सङ्कलन गरी अध्ययन गर्दा ३० बालबालिकामा मात्र सिसाको कुनै पनि लक्षण देखिएको थिएन । टोली प्रमुख डा धिमालले भन्नुभयो, “बालबालिकाको रगतमा लेडको मात्रा वृद्धि हुने दर बढिरहेको देखियो । ”
रगतमा देखिने सिसाले बालबालिकाको खासगरी मस्तिष्कदेखि मिर्गाैलासम्मलाई असर पुर्याउने चिकित्सक बताउँछन् । अर्कातर्फ खासगरी रङ उत्पादन गर्ने कम्पनीले सिसा नै मिसावट गर्ने गर्छन् । “लिडको मात्रा बढी भएमा खासगरी पाँच वर्षमुनिका बालबालिकालाई भोक नलाग्ने, उमेरअनुसार तौलमा कमी हुने, कमजोर हुने, वाकवाकी लाग्ने र अन्त्यमा मृत्युसमेत हुन सक्छ” धिमालले भन्नुभयो ।
प्रतिवेदनमा खासगरी दलित, जनजाति, सीमान्तकृत वर्गका बालबालिकामा वढी मात्रामा सिसा देखिएको उल्लेख छ । परिषद्का सदस्यसचिव चिकित्सक खेमबहादुर कार्कीले जाजारकोटमा इन्फ्लुयन्जाबाट मात्र सबै जनाको मृत्यु नभएको स्पष्ट पार्नुभएको छ । गत फागुन र चैतमा सो जिल्लामा ३५ जनाको मृत्यु भएको थियो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो“ भाइरल इन्फ्लुयन्जाबाट मृत्यु हुनेको सङ्ख्या अत्यन्त न्यून देखियो । ” परिषद्ले सो जिल्लामा भएको मृत्युका कारणका बारेमा अध्ययन गरेको थियो । “एचवानएनवान नामक स्वाइनफ्लुले भन्दा अन्य कारणले मृत्यु भएको देखियो” कार्कीले भन्नुभयो ।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
प्रतिक्रिया