भूकम्पपछि महिला तथा बालबालिका बेचबिखन वृद्धि

इनेप्लिज २०७२ साउन १४ गते १४:३० मा प्रकाशित

paisa-finalकाठमााडौँ, १४ साउन । भूकम्पपछि महिला तथा बालबालिका बेचबिखनमा वृद्धि भएको छ ।

अन्तर पार्टी महिला सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ‘भूकम्प प्रभावित जिल्लाको अध्ययन प्रतिवेदन–२०७२’ मा दोलखा, सिन्धुपाल्चोक, गोरखा, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ, नुवाकोटलगायत भूकम्प प्रभावित १५ जिल्लामा गरिएको अध्ययनमा नुवाकोटमा आफ्नै बाबु र नातेदारबाट महिलालाई बेचबिखन गरिएको र चितवनबाट धेरैलाई बेचबिखन हुनबाट जोगाइएको उल्लेख छ ।

भूकम्पपछि पालमा बस्दा सात जबर्जस्ती करणीको घटना भएको र त्यसमा चार जना दोषी कारागारसमेत गइसकेको तथा आफ्नै जेठाजुले बुहारीलाई जबर्जस्ती गरेको घटनासमेत अध्ययनका क्रममा पाइएको सञ्जालका अध्यक्ष शशी श्रेष्ठले बताउनुभयो ।उहाँले अपाङ्ग, असहाय, अभिभावकविहीन महिला तथा बालबालिका लागि राज्यले पालनपोषण, संरक्षण, शिक्षा र स्वास्थ्यलगायतको जिम्मा लिनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया