शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:३२
वासिङटन डिसी 08:47

आफ्नो योग्यता, इमान्दारी र क्षमताको प्रयोग गर्नोस्: मन्त्री पण्डित

इनेप्लिज २०७२ साउन १४ गते १४:०७ मा प्रकाशित

Lal-babu-300x300काठमाडौँ, १४ साउन । नेपाल सरकारका सचिवले विदेशमा स्थायी बसोबासका लागि प्रवेशाज्ञा लिएका कर्मचारीका साथै अब भ्रष्टाचार गरेर स्वदेश तथा विदेशमा धन थुपार्ने कर्मचारीलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र सामान्य प्रशासन मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको ‘सुशासनको सन्दर्भमा प्रशासन सुधार र जवाफदेहिता’ विषयको छलफल कार्यक्रममा उनीहरूले न्यायाधीश, नेपाली सेना र संवैधानिक निकायमा पनि अख्तियारको अनुसन्धानको दायरा फराकिलो पारिनुपर्ने र राज्यको हितभन्दा व्यक्तिको हितमा कानुन परिवर्तन गर्ने काम रोकिनुपर्ने सुझाव दिएका थिए ।

यसैगरी निजामती सेवामा गरिएको विशिष्टीकरण प्रभावकारी नदेखिएको, अख्तियारले सानो माछा (साना कर्मचारी)लाई कारबाहीको दायरामा ल्याएको तर ठूलो माछालाई भने छोड्ने नीति उचित नभएको, राजनीतिक महाधिवेशनमा सरिक हुने विशिष्ट श्रेणीका कर्मचारीलाई कारबाही नभएको र कानुन मिचेर पनि विशिष्ट श्रेणीमा कर्मचारी बढुवा गरिएको आरोप पनि सचिवहरूले लगाएका थिए ।

कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भन्नुभयो, “प्रशासकले राजनीतिक नेतृत्वलाई र राजनीतिक नेतृत्वले प्रशासकलाई दोष थुपारेर आपूm पन्छिदै जाने हो भने नेपालको सार्वजनिक प्रशासन कहिल्यै सुधार हुँदैन ।”

उहाँले सचिवहरूले अनुहार हेरेर कलम चलाउने होइन बाँचुञ्जेल ग्लानि नहुने गरी आफ्नो योग्यता इमान्दारी र क्षमताको प्रयोग गर्नुपर्छ भन्नुभयो ।

गैरआवासीय प्रवेशाज्ञा लिने कार्मचारीलाई तत्काल कारबाही गर्न सुझाव दिँदै सामान्य प्रशासनमन्त्री पण्डितले कारबाही प्रक्रिया अघि नबढाउने कर्मचारी आफँै कारबाहीमा पर्ने चेतावनी पनि दिनुभयो ।

उच्चस्तरीय प्रशासन सुधार समितिका अध्यक्ष काशीराज दाहालले निजामती सेवा ऐनको चौथो संशोधन बमोजिम गैरआवासीय प्रवेशाज्ञा लिने कर्मचारीलाई कारबाहीको दायरमा ल्याउन, प्रशासन सुधार प्रतिवेदन, २०७० कार्यान्वयन गर्न, विभागीय सजायलाई प्रभावकारी बनाउन, सेवाग्राही मैत्री प्रशासनका लागि व्यक्त भएका प्रतिबद्धता कार्यान्वयन गर्न सङ्क्रमणकालीन अवस्थामा कर्मचारीको बन्दोबस्त गर्न र विधिको शासन प्रति प्रतिबद्धता तथा जवाफदेहीता बहन गर्न सुझाव दिनुभयो ।

मुख्य सचिव लीलामणि पौडेलले सार्वजनिक प्रशासनमा सुधार सम्भव छ, सुधार हामीले हामै्र पालामा गर्ने हो, यसका लागि इमान्दारीताको खाँचो छ भन्दै हिजो आफ्नो कुर्सीमा बस्नेले के कस्तो गरेको थियो त्योभन्दा राम्रो आपूmले गरेर देखाउँछु भनेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले लोकतन्त्रमा नागरिकको हकअधिकारको प्रयोग गराउने निकाय प्रशासनयन्त्र भएकाले प्रशासन जनताप्रति जवाफदेही हुन, जनताले बुझ्ने भाषामा कर्मचारीले राय सुझाव दिन र आवश्यक परेका बखत घुम्ती सेवा पनि सञ्चालन गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया