एकतीस वर्षअघिका अपराधी पक्राउ

इनेप्लिज २०७२ साउन १४ गते १४:०४ मा प्रकाशित

pakraauकाठमाडौँ, १४ साउन । एकतीस वर्षअघि १३ वर्षीय कृष्णगोपाल कोजुलाई ट्र्याक्टर पावर ट्रिलरले थिच्दा घटनास्थलमै मृत्यु भएको घटनामा संलग्न चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–१ तौलाछें बस्ने ४८ वर्षीय भीमप्रसाद गोजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुवाकोटबाट पक्राउ गरेको हो । विसं २०४१ जेठ ३१ गते तत्कालीन भक्तपुर नगर पञ्चायत–३ गरुड कुण्डल भन्ने स्थानमा बाअत १०६ नंको ट्याक्टरले सोही स्थान बस्ने कोजुलाई थिच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले पैmसला कार्यान्वयनका लागि निजलाई भक्तपुर जिल्ला अदालतमा पेस गरेको छ । अदालतले गोजालाई दुई वर्ष कैद र रु एक हजार जरिवानाको फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले गोजाविरुद्ध मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२) बमोजिम दुई वर्ष कैद र सवारी ऐन, २०२० अनुसार रु दुई हजार जरिवाना गर्ने फैसला गरेकामा उनी हालसम्म फरार थिए ।

प्रतिक्रिया