बिहीबार, असार १० २०७८
काठमाडौं ०३:१४
वासिङटन डिसी 17:29

बर्थिङ सेन्टर सञ्चालन गर्न महायज्ञ

इनेप्लिज २०७२ साउन १४ गते ३:२७ मा प्रकाशित

रौतहट, १४ साउन । चन्द्रपुर नगरपालिका–८ स्थित पौराई उपस्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्न बुधबारबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।

सो महायज्ञको सभासद् रामकुमार भट्टराईले एक समारोहबीच उद्घाटन गर्दै बर्थिङ सेन्टर सञ्चालनका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

बर्थिङ सेन्टर सञ्चालन गर्न करिब रु १५ लाख लाग्ने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । यसअघि करिब ५०० कन्या कुमारीको सहभागितामा शोभा कलशयात्रा निकालिएको थियो ।

प्रतिक्रिया