धादिङको त्रिपुरेश्वरमा जस्तापाता र किलाकाँटी वितरण

इनेप्लिज २०७२ साउन १४ गते ३:०१ मा प्रकाशित

Rss_Images_1432893358795_RL-KTM- Dhading Jasta news (6)गजुरी (धादिङ), १४ साउन । भूकम्पले ध्वस्त भएका त्रिपुरेश्वर गाविसका घरधनीलाई जस्तापाता, किलाकाँटी र घर बनाउने सामग्री वितरण गरिएको छ ।

अक्सफाम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा कोसोक नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापन समन्वयमा जस्तापाता वितरण गरिएको हो । त्रिपुरेश्वर गाविसमा ध्वस्ता भएका सबै घरधनीलाई जस्तापाता र नगद वितरण गर्ने लक्ष्यअनुसार पहिलो चरणमा अस्थायी आवासका लागि हरेक घरलाई दुई बन्डलका दरले २६ गेजको जस्ता वितरण गरिएको कोसोक नेपालका रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

दुई बन्डल जस्ता लिनेको सङ्ख्या ४६० परिवार रहेको छ । आफैँले जस्ता खरिद गरी अस्थायी आवास बनाइसकेका र जस्ता आवश्यक नपर्ने घरलाई उनीहरुकै मागका आधारमा नगद रु १० हजार वितरण गर्ने योजना रहेको छ । नगद लिन माग गर्नेको सङ्ख्या ५१९ घर रहेको र उनीहरुलाई प्रभु बैंकमार्फत नगद उपलब्ध गराइने छ । सत्यदेवी गाविसमा पनि जस्तापाता र नगद वितरणको कार्य छिट्टै गरिने कोसोक नेपालले जानकारी गराएको छ ।

प्रतिक्रिया