एकता समाज ओमानको पहिलो क्षेत्रीय संगठन समिति गठन

इनेप्लिज २०७२ साउन १३ गते ११:५२ मा प्रकाशित

15072908ONUS

काठमाडौँ, १३ साउन – अन्तर्राष्ट्रिय एकता समाजको मात हतमा ओमान नेपाली एकता समाजको पहिलो क्षेत्रीय संगठन समितिको गठन भएको छ।

गत २४ जुलाई शुक्रवारका दिन जनक भूषालको बिशेष पहलमा सोहार क्षेत्रमा कार्यरत मजदुरहरुको एक भेलाले हरिहर पुनको संयोजकत्वमा सात सदस्यीय सोहार क्षेत्रीय संगठन समितिको गठन गरिएको हो। सो संगठन समितिमा सचिबमा जनक भुषाल सदस्यहरुमा मान बहादुर बराइली, नरेश्वर कंडेल, दिल कुमार पुन र नवराज गुरुङ्ग रहेका छन्। एक सदस्य भने रिक्त रहेको छ।

अन्तर्राष्ट्रीय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछानेको प्रमुख आतिथ्यमा तथा ओमान नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष बिष्णु अर्याल र केन्द्रीय महासचिब छबिलाल बस्नेतको बिशेष उपस्थितिमा सम्पन्न सो भेलामा प्रमुख अतिथिले एकता समाजको ईतिहास, बर्तमान र भावी नीति तथा कार्य योजनाहरु बारे जानकारी दिएका थिए।

15072908Oman_Kshetra

डिसी नेपाल बाट

प्रतिक्रिया