शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:४९
वासिङटन डिसी 09:04

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा डा भट्टराईको जोड

इनेप्लिज २०७२ साउन १२ गते १५:४१ मा प्रकाशित

Baburam Bhattaraiकाठमाडौँ, १२ साउन । संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले दिगो शान्ति, स्थायी सरकार, राजनीतिक स्थायित्व तथा आर्थिक समृद्धिका लागि पनि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्नेमा जोड दिनुभएको छ ।

बहुपक्षीय संस्थाका पूर्वअन्तर्राष्ट्रिय व्यावसायिक व्यक्तिहरुको मञ्चको ज्ञापनपत्र बुझ्दै सभापति डा भट्टराईले मुलुकलाई नयाँ गतिले अगाडि बढाउन कार्यकारी प्रमुख जनताले प्रत्यक्ष चुन्न पाउनुपर्ने व्यवस्था संविधानमा उल्लेख गर्नुपर्ने बताउनुभयो ।

संविधानको मस्यौदामाथि आधार रहेर प्रस्तुत गरेका सुझाव मौलिक, गहन र आफ्नो विचारसँग मेल खाने भएको बताउँदै डा भट्टराईले यसलाई आत्मसात् गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको पत्रकार रुद्र कार्कीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था संयुक्त राष्ट्र सङ्घ, विश्व बैंक, एसियाली विकास बैंक र अन्य बहुपक्षीय संस्थामा लामो अनुभव हासिल गरेका व्यक्तिको संस्थाका रुपमा मञ्च क्रियाशील छ ।

प्रतिक्रिया