बिहीबार, असार १० २०७८
काठमाडौं ०२:०७
वासिङटन डिसी 16:22

विगतमा भएका सहमति कार्यान्वयन गरेपछिमात्र वार्ता गरिने: अध्यक्ष यादव

इनेप्लिज २०७२ साउन १२ गते ५:०० मा प्रकाशित

Upendra-Yadavविराटनगर, १२ साउन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबर्जस्ती लाद्न खोजिएको अधुरो संविधान मान्य नहुने बताउनुभएको छ ।

विराटनगरमा आज बिहान आफ्नो निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले सदियौँदेखि पहिचान नपाएका मधेसी, आदिवासी जनजाति, दलित, महिला र सीमान्तकृत वर्गलाई अधिकारबाट वञ्चित गरेर ल्याउन लागिएकाले त्यस्ता संविधान मान्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले जनताबाट प्रत्यक्षरुपमा कार्यकारी राष्ट्रपतिको पक्षमा आफ्नो पार्टीले विगतमा सुझाव दिएको जानकारी गराउनुभयो ।

विगतमा मधेसी, आदिवासीलगायतसँग गरेका सम्झौता कार्यान्वयन गरेपछि मात्र चार दलसँग वार्ताको औचित्य हुने उल्लेख गर्दै अध्यक्ष यादवले ती सहमति र सम्झौतालाई उल्टाउनका लागि वार्ता नगरिने उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले संविधानसभाको अधिकारलाई कटौती गरेको उल्लेख गर्दै एकात्मक न्यायपालिका स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।

संविधानसभाबाट राजीनामा गर्ने सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले संविधानसभामा कडारुपमा प्रस्तुत हुने उल्लेख गर्दै राजीनामा गर्ने विषयमा अहिले कुनै निर्णय नभएको बताउनुभयो ।

प्रतिक्रिया