ईन्धन चौकी (ग्यास स्टेसन)का कामदारलाई हिफ़ाज़त सम्बन्धि चेतना मुलक कार्यक्रम
अमेरिकाका बिभिन्न शहरहरुमा स्थापना भएका ईन्धन चौकी (ग्यास स्टेसन)मा काम गर्ने नेपालीहरुको पटक पटक हत्या भै रहेको छ l यसको मारमा धेरै नेपालीले ज्यान गुमाई सकेका छन भने टेक्सासमा पछिल्लो समयमा एक महिलाको दिन दहाडै हत्या भएको थियो l
यसै सम्बन्धमा ईन्धन चौकी (ग्यास स्टेसन)मा काम गर्ने कामदारहरुलाई कसरि हिफाजत तथा ज्यान सुरक्षित गर्ने सकिन्छः भन्ने हेतुले अमेरिकाको टेक्सासको ईरभिंगमा एक कार्यक्रमको आयोजना गरियो l गैर आवासीय नेपाली संघ अमेरिकाको स्वास्थ्य तथा कल्याण समितिले आयोजना गरेको उक्त कार्यक्रममा ईन्धन चौकीका कर्मचारी ,सर्व सुलभ पसलका कामदार साहु तथा यस बिषयमा अभिरुचि राख्ने बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो l
एनआरएन अमेरिकाको स्वास्थ्य तथा कल्याण समितिका संयोजक डा संजिव सापकोटाले कर्तब्य पालनको क्रममा हत्या गरिएका नेपालीहरुको सुची पढेर सुनाएका थिए भने १ मिनेटको मौन धारण पनि गरेको थियो l डा पौडेलले ईन्धन चौकी तथा सर्व सुलभ पसलका कामदार तथा अन्यलाई कसरी सुरक्षा दिने तथा हिफाजत गर्ने बारे केहि महत्वपूर्ण जानकारी दिएका थिए l
यसै गरि उक्त चेतना मुलक कार्यक्रममा सहभागीले छलफल ,सल्लाह सुझाब तथा केहि जिज्ञासा पनि राखेका थिए l कसरि कामदारहरु सुरक्षित हुन् सकिने उपाय ,श्रोत तथा छिटो छरितो वाट यस्ता किसिमका सांघातिक हमला तथा हत्याराबाट बच्ने उपाय सम्बन्धि गम्भीर छलफल भएको बताईएको छ l
उक्त कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोख्रेल ,बेद बस्नेत कोषाधक्ष्य ,टेक्सज एनआरएन का अध्यक्ष उत्तम लामिछाने ,बिमामा लामो समय देखि काम गरि रहेका सुरेश बस्याल , भानु गौतम तथा अन्य व्यक्तिहरुले आफना अनुभव ,सुझाब हिस्सा गरेका थिए l
उक्त कार्यक्रम एनआरएन अमेरिकाको भएकोले अध्यक्ष केसब पौडेल तथा महिला संयोजक राधा पौडेलको संदेश सुनाईएको थियो भने राम चन्द्र पोख्रेलले नया कर्मचारीले सुरक्षा सम्बन्धि नया श्रब्य दृश्य (भिडियो )निकै उपयोगी हुने बताएका थिए l
डा सापकोटाले सुरक्षा सम्बन्धि मार्ग निर्देशन छिट्टै निकाल्ने जानकारी गराउदै बिधुतिय प्रणालीबाट पनि समय समयमा दिने तथा अमेरिकाका अन्य राज्यहरुमा पनि कार्यक्रम राख्नु पर्ने अपरिहार्यता बताए l कार्यक्रम संचालन अभिमा उप्रेतीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन उत्तम लामिछानेले गरेका थिए l
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया