एनआरएनए इजरायलको निर्वाचन परिणाम घोषणा
एनआरएनए निर्वाचन समिती इजरायलले गत १८ जुलाई शनिवार सम्पन्न एनआरएनए इजरायलको निर्वाचन परिणाम घोषणा गरेको छ । शान्तपुर्ण वातावरणमा निर्वाचन सम्पन्न भएतापनि मतगणनाको क्रममा ६१ मत मात्र गन्न बाँकि रहदा गणना हुन बाँकी मतपत्र केही व्यक्तिहरुले खोसेर लानुको साथै उमेदवारहरुमाथि हातपात भएको कारण निर्वाचन समितीले निर्वाचन परिणाम घोषणा स्थगित गरेको थियो भने आईतवार साँझ एक सुचना जारी गर्दै निर्वाचन परिणाम घोषणा गरेको हो ।
करिव एक साता सम्म स्थगित रहेको निर्वाचन परिणाम निर्वाचन समितीले निर्वाचन सम्पन्न गर्नको लागि अपनाईएका विविध प्रमाणहरू सहित घटनाको पुर्ण विवरण उल्लेख गरी अन्तिम निर्णयको लागि केन्द्र र क्षेत्रीय कार्यालयहरुमा पठाएको थियो l केन्द्रवाट अन्तिम निर्णयको लागि समितिलाई प्राप्त भएको लिखित तथा मौखिक आदेश अनुसार समितिमा सुरक्षित रहेको प्रमाणको आधारमा विजयी उमेदवारहरुको नामावली घोषणा गरिएको निर्वाचन समितीले जनाएको छ l समितीले परिणाम घोषणाको क्रममा गनिसकिएको मतपत्र र गन्न वाकी पतपत्रलाआई मध्यनजर गर्दै परिणाम सुनिश्चित नभएका महिला प्रतिनिधिका उम्मेदवारहरु संगीता देवी ओली र सुजाता गौतमको मत परिणाम रद्ध गरेको समेत घोषणा गरेको छ l
विजयी हुने उमेद्वारहरूमा अध्यक्षमा दिपक ओली, वरिष्ठ उपाध्यक्षमा विशाल ज्ञवाली, महिला उपाध्यक्षमा यमुना वस्नेत ढकाल, तृतिय उपाध्यक्षमा छिरिङ लामा शेर्पा, महासचिवमा तेन्जिङ शेर्पा, सचिवमा विनोद घिमिरे र कोषाध्यक्षमा तारा वहादुर काउचा रहेका छन् भने केही सदस्य पदमा उमेद्वारी दिएका उमेद्वारहरू निर्वाचन अगावै निर्विरोध घोषणा भईसकेका छन् ।
समितीले मतगणनाको क्रममा खोसिएका ६१ मतपत्रहरू सवै प्रतिद्वन्दी उमेद्वारहरूको पक्षमा आएतापनि विजय सुनिश्चित नभएको वलियो प्रमाण सहित निर्वाचन परिणाम घोषणा गरेको जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया