इलामको दानाबारीमा चिर्पट प्रहार गरी हत्या

इनेप्लिज २०७२ साउन १० गते १५:१८ मा प्रकाशित

hatya-final-final-final-261x180सुरुङ्गा (झापा), १० साउन । झापा र इलामको सिमानामा पर्ने इलामको दानाबारीमा चिर्पट प्रहारबाट आज एक युवाको मृत्यु भएको छ ।

दानाबारी–८ आँपटारी निवासी २५ वर्षीय ‘बाघसिंह’ भनिने गंगाराम राईको मृत्यु भएको हो । उनलाई स्थानीय सागर राईले सामान्य विवादको क्रममा चिर्पट प्रहार गरेको प्रहरी चौकी लोदियाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार मादक पदार्थ सेवन गरेका राईले गंगारामलाई आज बिहान चिर्पट प्रहार गरेका थिए । हत्यामा संलग्न रहेको आशंकामा राईसहित अन्य पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाम लगिएको प्रहरी सहायक निरीक्षक शिवराम दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया