रकेट आक्रमणमा पाँच बालबालिकाको मृत्यु
बेरुत, १० साउन । सिरियाको दोस्रो सहर अलेप्पोमा रहेको सरकारी क्षेत्रमा विद्रोहीले गरेको रकेट आक्रमणमा परी पाँच बालबालिकाको मृत्यु भएको छ ।
ती मध्ये चारजना दाजुभाई भएका मानवअधिकारवादी समूहले आइतबार जानकारी दिएको छ ।
अलेप्पो सहरको पश्चिमी भागमा रहेका साबा अल जादिदा जिल्लामा शनिबार साँझ रकेट आक्रमण भएको जनाइएको छ । अलेप्पो सहरमा हुने गरेका आक्रमणहरुमा नागरिक हताहतीको सङ्ख्या बढेको बताइएको छ ।
सिरियामा सन् २०११ को मार्चबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन पछि गएर गृहयुद्धमा परिणत भएको थियो ।
सन् २०११ देखि हालसम्म सिरियामा जारी सो द्वन्द्वमा परी दुई लाख ३० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
यस द्वन्द्वमा परी लाखौं व्यक्ति घाइते भएका छन भने, लाखौ व्यक्ति देशभित्रै र छिमेकमा पर्ने देशहरुमा शरणार्थी बन्न पुगेका छन् ।
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया