अमेरिकामा उमेरले डाडो काटे पनि नेपाली किन झ्याउरे र चाउरे देखिदैनन ?

इनेप्लिज २०७२ साउन १० गते ११:५५ मा प्रकाशित

unnamed

अमेरिका स्वर्ग हो ,यसमा कुनै सन्देह नहोला l अमेरिका सपनाको संसार पनि हो l यसमा पनि कुनै शंका छैन l अमेरिकाको द्रुत जिवनको कारण यहाँ पुगेका नेपालीहरु आफ्नो उमेर भन्दा झन्डै १० बर्ष मुनि जस्ता देखिन थालेका छन् l

अमेरिकाको व्यस्त तथा शिघ्र जीवनको कारण मानिस त्यहि रफ्तारमा हिड्नु पर्ने हुनाले त्यो चालले जीवनमा ठुलो परिवर्तन गरि दिएको छ l अमेरिकामा पाखुरी चलाउने मानिस अस्वस्थ भयो भने जहाज डूबदछ l स्वास्थ्य हुन् जरुरि हुन्छ l अमेरिकामा लामो समय सम्म जीवन यापन गर्ने पुरुष तथा महिला बिशेष गरि अलिक उमेर छिप्पिए पछि झन् स्वास्थ्य संग संबेदनशिल हुन्छन l

नेपालमा त्यहि उमेरका मानिस र अमेरिका छिरेका मानिसको तुलनात्मक रुपमा नेपालका मानिसका छिटो दात फुस्कने ,गाला चाउरी पर्ने अन्य स्वास्थ्यको दृष्टिले कमजोरी देखिने हुन्छ भने अमेरिकामा त्यस्तो अलिक देखिदैन l

तर नेपालीहरु अमेरिकामा स्वास्थ्यको दृष्टिले अगाडी हुन्छन l अमेरिकामा भित्रिए पछि अनिबार्य रुपमा स्वास्थ्य बिमा गराउनु पर्ने हुन्छ l हरेक महिना खन खनी पैसा बुझाउनु पर्ने हुन्छ l कम्तिमा पनि बर्षको एक स्वास्थ्य परिक्षण गराउनु पर्ने नै हुन्छ l दात र आँखा नजचाई सुखै छैन l अनि स्वास्थ्यमा गडबड भयो भने, यो गर र त्यो गर भनि चिकित्सकले परामर्श दिन्छन l

नेपाल जस्तो थला परे पछि मात्र चिकित्सकलाई जचाउने र अस्पताल जाने भन्ने हुदैन l यहाँ त्यस्तो नहुने हुनाले आफ्नो शरीर स्वास्थ्य बारे केहि हद सम्म नेपालीलाई ज्ञान हुन्छ l अनि उपचार गर्न पनि सरल हुने हुनाले पनि मानिस स्वास्थ्य हुन्छन l

झन् उमेरले डाडो काटन आँटे पछि अझ पुरुष तथा महिला चनाखो हुन्छन किनभने ३० बर्षे ऋण आफ्नो थाप्लोमा हुन्छ l आफु थला परे पछि कसले साहु(बैंक )को ऋण तिर्ने भन्ने मनमा भय हुन्छ l मर्ता क्या नही कर्ता भन्ने हिन्दि उखान झैँ कसरत र स्वास्थ्य हुनको लागि योगा र अन्य चिजमा व्यस्त रहन अब नेपालीहरु पनि एक कदम अगाडी भै सकेका छन् l

घुमाई फिराई रुम्झाटार भने झैँ यदि ३० बर्षे ऋण नेपालीको टाउकोमा नभएको भए नेपालीहरु धेरै नेपाल पनि फर्कने बिचारमा हुन्थे होलान तर यहि घाँटीको पासोले ननिल्नु नओकल्नु भएकोले स्वास्थ्य हुन् बाध्य हुन्छन अमेरिकामा नेपाली समुदाय l

लामो समय सम्म बाच्ने ईक्षा सबैको हुन्छ l आफु छिटो मर्न पाए भन्ने कसैको पनि ईक्षा हुदैन l आफु स्वस्थ बन्न अमेरिकामा नियमित रुपमा बिभिन्न प्रकारका ओखती ,भिटामिन ,शरीरको लागि चाहिने पौष्टिक तत्व आदि अनिवार्य जस्तो सेवन गर्ने हुनाले पुरुष अलिक उमेर अनुसार अर्थात् उमेर काटे पनि झ्याउरे र महिला पनि उमेर छिप्पिए पनि चाउरी परेको जस्तो देखिदैनन l

सबै कुराको परिक्षण गर्ने पर्छ ,नगरे सबै भन्दा घाडो ३० बर्षे घाँटीको पासो घरको किस्ता बन्दिले पानी मुनि पनि छोड्दैन l अनि काम नगरी भयो त ? अनि कसले कमाई दिन्छ ? अरुले कमाउछ्न म घर हेर्छु भन्ने अमेरिकामा चल्दैन l आफुले ६५ बर्ष नहुन्जेल काम गर्ने पर्छ l काम नगरे पछि कसैले माम खुवादैनन l नेपालमा गएर भए पनि हलो जोतेर खान्छु भन्ने हुदैन l

बिहान कुखुराको डाक देखि मध्ये रात मात्र नभई छर्लंग रात काट्ने गरि काम गर्ने स्वाभाविक हुने हुनाले शरीर छिटो ,छरितो र फुर्तिलो हुन्छ l तर तनाब पनि रही रहन्छ तर अमेरिकाको जीवन शैलीले त्यो कुरा मेटाई दिन्छ र नेपालीलाई भुलाई दिन्छ l अमेरिकामा छु भने गर्व हुन्छ l नेपालीहरु भित्र देखि गदगद हुन्छन l

विश्वको सबै भन्दा धनि तथा सम्वृद्धिशालि राष्ट्रमा छु भन्ने पनि आत्म संतुष्ठी हुन्छ l सन्तान पनि संगै भएकोले अझ मनमा शान्ति पनि हुन्छ l कमाई आई रहने भएकोले एक प्रकारको आनन्द हुन्छ l यो भन्दा ठुलो र राम्रो देश जाने ठाउँ नभएकोले प्रफुल्लता हुन्छ l मनमा शान्ति भए पछि पुरुष बुढो र महिला छिटो बुढी नहुने हुन्छन l अनि प्रशन्नता हुईञ्छ l

मन प्रसन्न भए पछि अनुहारमा चहक हुन्छ l सुको नकमाउने महिलाको पनि चाँदी कटाई हुन्छ अमेरिकामा l अनि नशा नशा खुशी हुन्छ अनि छिटो चाउरी पर्ने त कुरा नै हुदैन l नेपाल जस्तो यहाँ पेटको रोग र जुका पर्दैन l पानी ,खानपिन र खाध्य अन्य पदार्थबाट हुने हुनाले त्यो समस्या छैन अमेरिकामा l

घर भित्र पस्यो घर वातानुकुलित (एयर कन्डिसन ) हुन्छ l काममा पनि सबै स्वास्थ्यको दृष्टिकोणले सरकारको नियम कानुन बनाईएकोले त्यहा पनि स्वास्थ्य राम्रो हुने हुन्छ l स्वाथ्यलाई प्रतिकुल असर पर्दैन l निजि गाडीमा पनि चिसो र तातोको व्यवस्था ,सार्वजनिक गाडीमा पनि वातानुकुलित व्यवस्था हुन्छ l शरीरलाई कुनै हानि नपर्ने भएकोले पुरुष तथा महिला झर झराउदा भेटिन्छन l

घामले पोल्ने र चिसोको कारण शरीर बिग्रिने भन्ने सम्भावना कम हुन्छ l प्रदुषित वातावरणबाट मुक्त छ ,अमेरिका l अनि कामको भागदौड ,अधिकांस उभिएर काम गर्न प्रचलनले मानिसलाई फुर्तिलो ,छिटो छरितो बनाउनुको साथै स्वस्थ पनि बनाई दिने भएकोले अमेरिकामा उमेर देखिने भए पनि छिटो पुरुष झ्याउरे र महिला चाउरी नपर्ने हुन्छन l

खानपिनमा नियन्त्रण , स्वाथ्यबर्धक खाना ,लामो समय सम्म कम गर्नु पर्ने अपरिहार्यता ,योग ,नियमित हिडडुल ,वातावरण ,हावापानी ,सुखद अनुभूति ,अन्तरआत्मा देखि नै खुशी जुनसुकै उमेरमा काम गर्ने परिपाटी आदि ईत्यादीको कारण देख्दा जेठो दाई या जेठी दिदि लागे पनि यी कारणबाट नेपाली पुरुष झ्याउरे र महिला चाउरी अलिक पर्दैन अमेरिकामा l अधिकांस मानिस क्रियाशील रहने ,चुस्त र दुरुस्त हुनु पर्ने भएकोले शरीरले खोजे जस्तो ब्यायाम पाउने हुनाले मानिस स्वस्थ पनि हुन्छन ,अमेरिकामा l

यसको अतिरिक्त पुरुष तथा महिला दुवै स्वाथ्य सौन्दर्यताका कुराहरु प्रयोग गर्ने तथा अन्य चिजले गर्दा पाको उमेर भएता पनि पुरुष झ्याउरे र महिला चाउरी नेपालको तुलनामा कम हुन्छन l

यसको अर्थ यो हैन कि नेपालमा पनि स्वास्थ्य सम्बन्धि चेतना नआएको भन्ने कदापी हैन l अब परिस्थिति परिवर्तन भै सकेको छ l नेपालबाट आएका पुरुष या महिला दुबै काम गर्ने भएकोले उनीहरुको कमाई पुगी सरि पनि आउने भएकोले स्वाथ्य राम्रो हुने भएकोले उनीहरु उमेरले डाडो काटे पनि पुरुष झ्याउरे र महिला चाउरी पर्ने अलिक कम हुने हुन्छन l

……………………………………………………..अस्तु

प्रतिक्रिया