सर्वाधिकार (कपि राईट) अज्ञानताको कारण श्रस्टा मारमा पर्ने
कहिले काही मानिस अज्ञानताको कारण झुकिन्छ र भ्रममा पनि पर्दछन l ज्ञान नहुदा र कुराको भेउ नपाउदा कुरा गडबड पनि हुन्छ l जसको कारण श्रस्टा मारमा पर्ने गर्छन l यस्तै मारमा अमेरिकाको मेसाचुसेट्स राज्यको बोस्टनमा झन्डै डेढ दशकदेखि बसोबास गर्दै आएका छायाचित्र चित्रकार (फोटोग्राफर)बिमल नेपाल परेका छन् l
गतबर्ष फोटोग्राफर नेपाल द्वारा खिचिएको तस्बिर अनुमतिबिना भारतका प्रधानमन्त्री मोदीको आधिकारिक अनुहार किताब (फेसबुक)मा राखिएको बिषयलाई लिएर नेपालको पक्षबाट वाशिंगटन डिसीको फिस एन रिचार्डसन कानुनी ब्यबसायीहरुले सर्वाधिकार (कपीराइट) सम्बन्धी अवैतनिक रुपमा कानुनी लडाई लड्ने भएका छन् ।
हाल सालै चित्रकार बिमल नेपालले खिचिएका तस्बिरहरु नेपालका चर्चित ,ईमान्दार र सच्चा राष्ट्र सेवक वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेलले पनि आफ्नो सर्बाधिकार प्रतिक चिन्ह (कपि राइट लोगो )हटाएर खरेलले राखेको नेपालले फेला परे पछि सामाजिक संजालमा दुख ब्यक्त गरेका छन l
नेपाल खरेलका शुभ चिन्तक पनि हुन् l खरेल अमेरिकाको बोस्टनमा आएको समयमा खिचेका तस्बिर वरिष्ठ प्रहरी उपरिक्षक खरेललाई मन परेको हुनाले प्रोफाइल नै बनाउनु भएको रहेछ भनि अनुहार किताब मार्फत खुशी लागेको पनि नेपालले उल्लेख गरेका छन् l
तर नेपालले जल चिन्ह (वाटर मार्क ) काटिएकोमा दुखेसो पनि पोखेका छन् l उक्त टिप्पणीमा कपि राइट र कलाको कदर गर्ने परि पाटी नेपालमा कहिले सुरु होला भनि प्रश्न तेर्स्याएका छन् l नेपालले कमसे कम कलालाई सम्मान गर्न जान्न सके राम्रो हुन्थ्यो भन्दै खरेल जो कानुनका रक्षक,शान्ति सु-व्यवस्था ,अमन चयन गर्ने माहिर मानिने खरेल यहाँ चुक्नु भएको हो कि भनि बताए l
नेपालले बोस्टन बाट ईनेपलिज़ लाई जानकारी दिदै अमेरिकामा रहेका नेपाली छाया चित्रकारको सर्बाधिकार रक्षा गर्नु पर्छ भन्दै यस बिषयमा जन चेतना जागृत गर्नु पर्ने अपरिहार्य रहेको बताए l नेपालले आफुले खिचेको तस्बिर खरेललाई यस सम्बन्धि ज्ञान नभएको कारण तथा निर्दोषीको कारण प्रयोग गरेको हुन् सक्ने बताए l
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया