शिक्षा र स्वास्थ्य क्षेत्रमा रोटरीको विशेष अभियान

इनेप्लिज २०७२ साउन १० गते १:५४ मा प्रकाशित

Rotary-Logo3बुटवल, १० साउन । रोटरी क्लब अफ बुटवलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समेटेर योजना बनाएको छ ।

क्लबले प्रत्येक वर्षजस्तै यस वर्ष पनि आफ्नो कार्ययोजनानुसार विगतमा सम्पन्न गरेका विभिन्न गतिविधिका साथै वर्ष २०१५÷२०१६ को भावी कार्ययोजना शनिबार सार्वजनिक गरेको छ । वर्ष २०१५÷२०१६ का अध्यक्ष पुरनप्रसाद श्रेष्ठले यस क्षेत्रमा मिर्गाैला रोगीले उपचारका लागि निकै समस्या झेल्नुपरेको परिस्थितिलाई ध्यानमा राखेर लुम्बिनी अञ्चल अस्पतालमा रक्तशुद्धीकरण उपकरण ल्याएर सेवा सञ्चालन गर्ने योजना अगाडि बढाएको बताउनुभयो । अस्पतालबाट निस्कने फोहरजन्य पदार्थको वैज्ञानिक रुपमा व्यवस्थापन गर्ने उपकरण भित्र्याउनसमेत पहल थालिएको उहाँले बताउनुभयो ।

क्लबले आफ्नो नियमित वार्षिक कार्ययोजनानुसार गरिब तथा जेहेन्दार छात्रछात्रालाई र पत्रकारिता अध्ययन गर्ने पत्रकारलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण, बृहत् स्वास्थ्य शिविर सञ्चालन, व्यावसायिक तालिमको आयोजना, असहाय र अशक्तलाई ह्विल चियर वितरण, सामुदायिक सेवा केन्द्र र सरकारी विद्यालयका शौचालय निर्माण, पोलियो प्लस कार्यक्रमलाई पनि निरन्तरता दिने छ । क्लबले शान्ति र द्वन्द्व, रोग निवारण र रोगथाम, खानेपानी र सरसफाइ, मातृशिशु, शिक्षा र साक्षरता, समुदायको आर्थिक सबलीकरण गरी छ क्षेत्रलाई विशेष प्राथमिकता दिएर परियोजना सञ्चालन गर्दै आएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष शेरबहादुर केसीले विश्वका हरेक देशबाट पोलियो हटाउने अभियान थाले जस्तैै बुटवललाई पनि आगामी वर्षमा नमुना काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया