धरान अमेरिका समाजको नया कार्यकारी समितिको चुनाब आगामी अगस्तमा हुने
सन् २०१० मा अमेरिकन सरकारको गैर मुनाफा संस्थामा स्थापना भएको धरान अमेरिका समाजको आज बसेको बैठकले आगामी अगस्त २५ ,२०१५ तारिखमा नया कार्यकारी समितिको निर्वाचन हुने निर्णय गरेको छ l
आज समाजका अध्यक्ष बिमल आचार्यको सभापतित्वमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो l आगामी दिनमा कसरि संस्थालाई सेवा मुलक बनाउने र कसरि आगामी कार्यक्रम ल्याउने समेत उक्त बैठकमा छलफल भएको छ l
अन्य बिबिध बिषयमा छलफल समेत हुनुको साथै आजै बसेको बैठकले आगामी २०१५ -२०१७ सम्म को नया कार्यकारी समिति को निर्वाचन हेतु अमेरिका नेपाल सोसाइटीका पुर्व अध्यक्ष खेम भट्टचनलाई निर्वाचन आयुक्त बनाउने निर्णय पनि सर्ब सम्मति बाट गरिएको छ l
अध्यक्ष बिमल आचार्यले निर्वाचन आयुक्तको लागि पत्राचार गर्ने बताएका छन् l र यो भन्दा अघिल्लो समयमा पनि समाज सेवी खेम भट्टचन नै धरान अमेरिका समाजको लागि निर्वाचन आयुक्त भएका थिए l
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया