मंगलबार, असार ८ २०७८
काठमाडौं ०९:३५
वासिङटन डिसी 23:50

माछा मार्न गएका युवाको गोहीको आक्रमणबाट मृत्यु

इनेप्लिज २०७२ साउन ९ गते १६:०७ मा प्रकाशित

रत्ननगर (चितवन), ९ साउन । चितवनको रत्ननगर १९ जनकौलीका एक युवाको गोहीको आक्रमणबाट ज्यान गएको छ ।

माछा मार्न रत्ननगरको सौराहास्थित हात्तीसार नजिकै राप्ती नदी गएका स्थानीय २४ वर्षीय मिथुन चौधरीको गोहीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तीन जनासँगै राप्ती नदीमा शुक्रबार साँझ माछा मार्न थालेका बेला एक जनालाई गोहीले आक्रमण गरेपछि दुई जनाले भागेर ज्यान जोगाएको प्रहरी चौकी बछौलीका प्रहरी नायव निरिक्षक श्यामवावु यादवले जानकारी दिनुभयो ।

भागेर आएका युवाले जानकारी गराएपछि खोजी गर्दैजाँदा निकुञ्जको जङ्गल नजिकै गोहीले खाईरहेको अवस्थामा चौधरीको शव फेला पारिएको थियो ।

प्रतिक्रिया