संरक्षण केन्द्रको भवन बनाउन बेलायतबाट नेपाली डाक्टरहरुको सहयोग

इनेप्लिज २०७२ साउन ९ गते १४:११ मा प्रकाशित

pic 2

चितवन ०९ साउन

रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रको भवन निर्माणको लागिवेलायतवाट आर्थिक सहयोग आएको छ । बीर अस्तपाल काठमाडौंका नाक,कान,घाँटी रोगविभागका विभागिय प्रमख डाक्टर ढुण्डिराज पौडेलको पहलका नेपाली डाक्टर्स संघवेलायतले संकलन गरेको २ लाख ९६ हजार ४४६ रुपैया आज केन्द्रलाई हस्तान्तरणगरिएको हो । रोटरी क्लव अफ रत्ननगर र रोट्याक्ट क्लव अफ रत्ननगर मार्फत सोरकम केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरिएको रोटरी क्लव अफरत्ननगरका निर्वमान अध्यक्ष माधव भट्टराईले जानकारी दिनुभयो ।

pic 1 थोरै कोठा भएरकेन्द्रमा आश्रित चेपाङ वालवालिकाहरु कोचाकोच बसिरहेको देखेपछि केन्द्रमा कोठा थप गर्नआफुले वेलायतमा रहेका डाक्टरहरुलाई सहयोगको लागि अनुरोध गरेको डाक्टरढुण्डिराज पौडेलले बताउनुभयो । केन्द्रलाई वेलायतमा रहेका डाक्टर स्वयम्भू मानतुलाधरले १० हजार रुपैया सहयोग गर्नुभएको छ । सो रकम आजै डाक्टर पौडेललेकेन्द्रलाई हस्तान्तरण गर्नुभएको छ ।

pic 3 त्यसै गरी रोटरी क्लव अफ रत्ननगरका सदस्य जनकराज शर्माले केन्द्रमा आश्रित वालवालिकाको लागि एक छाक मासु खरिदका ७ हजार रुपैया सहयोग गर्नुभएको छ । त्यसै गरी वालश्रम न्यूनीकरण कार्यक्रम अन्र्तगत रत्ननगर उद्योग वाणिज्य संघले उद्दार गरी केन्द्रमा राखिएकी वालिका जुना चेपाङलाई आवश्यकपर्ने सबै खर्च संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले सहयोग गर्ने हुनुभएको छ । सहयोगरकम हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सिताराम पोखरेल,उवासंघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विसुराल,रोटरी क्वल अफ रत्ननगरका सदस्य पूर्ण रिजाल,संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा लगायतले वोल्नुभएको थियो । रोटरी क्लव अफ रत्ननगर रत्ननगरका अध्यक्ष माधब अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व अध्यक्षहरु जगन्नाथ अधिकारी,सुरेन्द्रनाथ रेग्मी,डा.विजय न्यौपाने,रविन जोशी तथा रोट्याक्ट क्लव अफ रत्ननगरकी अध्यक्ष गंगा महत लगायतको उपस्थिति रहेको थियो । केन्द्रमा सिमान्तकृत चेपाङ समुदायका १०३ जना वालवालिकाआश्रित छन ।

pic 4

प्रतिक्रिया