सोमबार, माघ ३ २०७८
काठमाडौं ०४:०३
वासिङटन डिसी 17:18

सहभागी होऔं, सहभागी होऔं, !

इनेप्लिज २०७२ साउन ९ गते १३:५७ मा प्रकाशित

Happy-Teej

— बे एरिया निवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा मेरो न्यानो नमस्कार !

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिरहेको छ । भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीजको विशेष पौराणिक महत्व रहेको छ । यो पर्वमा विवाहित र अविवाहित महिलाहरुले आ–आफ्नो मनोकामना पूरा होस भनी ब्रत बस्ने गर्छन ।

पार्वतीले महादेव पति पाउँ भनी ब्रत बसेको पौराणिक मान्यता अनुसार यो पर्व मनाउने गरिन्छ । तीज पर्वलाई नेपाली महिलाहरुले महिला एकता प्रदर्शन गर्ने, महिला स्वतन्त्रताको माग गर्ने, रुढीवादविरुद्ध संघर्ष गर्ने र समग्रमा महिला चेतना उकास्ने अवसरको रुपमा परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा २९ अगष्ट, २०१५ शनिबार बेलुका ६ बजेदेखि ११ बजेसम्म २७०० साराटोगा स्टरिट, अल्मेडामा सांस्कृतिक कार्यक्रमसहित विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रममा चर्चित गायिका पवित्रा परियार अतिथि कलाकारको रुपमा आउँदै हुनुहुन्छ । यसका साथै
स्थानीय कलाकारहरुले विविध प्रस्तुति रहनेछ । यस विशेष कार्यक्रमबाट हुने नाफा रकम नेपालको भूकम्प प्रभावित सिन्धुपाल्चोकको बिद्यालय निर्माणका लागि प्रदान गरिनेछ ।

उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नका लागि नेपाली समुदाय का विभिन्न संघसंस्था तथा बे एरियाबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा म हार्दिक आग्रह गर्दछु ।

संगीता गुरुङ
संयोजक
आयोजक कमिटी

www.janapukar.com
निष्पक्ष पत्रकारिता, हाम्रो प्रतिवद्धता

प्रतिक्रिया