अमेरिकी युद्धक विमानलाई टर्कीमा अनुमति
वासिङटन, ९ साउन । टर्कीले अमेरिकी युद्धक विमानलाई टर्की प्रवेशका लागि अनुमति दिएको छ । वासिङ्टनबाट प्राप्त समाचारमा सो जानकारी दिइएको छ ।
टर्की सरकारले टर्कीको सैन्य केन्द्रलाई सो सैनिक केन्दै खोल्न दिने अनुमति प्रदान गरेको बताइएको छ । टर्कीमा बढ्दो रुपमा रहेको इस्लामिक स्टेट, आइएसको हिंसा अन्त्यको कारबाहीका लागि अमेरिकी सैनिकलाई अनुमति दिएको हो ।
दक्षिणी टर्कीको किलिस् प्रान्तमा शुक्रबारदेखि टर्कीको सेनाले बिहानैदेखि आइएस आतङ्ककारी समूहलाई लक्ष्यगरी टर्कीज एफ¬¬–१६ एस यद्धक विमानबाट हवाई आक्रमण सुरु गरेको छ ।
शुक्रबार बिहानबाट सुरु भएको सो कारबाहीमा परी कम्तीमा ३५ आतङ्ककारी मारिएका छन् । स्थानीय सञ्चारमाध्यमले शुक्रबार सो जानकारी दिएका छन् ।
यस विषयमा यी दुई देशबीच सहमति भएको बताइएको छ । गत बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामा र टर्कीस् राष्ट्रपति रेसिप तायप एर्दोग्यानबीच यस विषयमा फोनवार्ता भएको थियो ।
सो वार्ताका क्रममा टर्कीमा जारी रहेको आइएस विरोधी क्रियाकलापको विरुद्धमा अमेरिकी सेनाले टर्कीमै रहेर क्रियाकपाल गर्न पाउने विषयमा सहमति भएको हो ।
यसका लागि अमेरिकी सेनाले अब आफुलाई पायक पर्ने टर्कीका सैनिक केन्द्रहरुको प्रयोग गर्न पाउने भएको छ । टर्कीमा अमेरिकी सेनाले आइएस विरोधी क्रियाकलाप सञ्चालन गर्न पाउने भएको छ ।
शुक्रबारै सिरियानजिकै किलिस् प्रान्तकोे सेभे गाउँको बब क्षेत्रमा तीन टर्कीज एफ¬¬–१६ एसले आइएसका विरुद्ध हवाई कारबाही गरेका थिए ।
टर्कीको युद्धक विमानले सिरियाभित्र शुक्रबार पहिलो पटक इस्लामिक स्टेट जिहादीको विरुद्ध बमबारी सुरु गरेको हो ।
शनिबार पनि आक्रमण सुरु
यसैबीच स्तानबुलबाट प्राप्त एक समाचारअनुसार शनिबार पनि टर्कीक युद्धक विमानले हलमा सुरु गरेका छन् । ती सैनिकले शनिबार टर्कीका विभिन्न क्षेत्रमा सो हमला थालेका बताइएको छ ।
राजधानी वरपरका क्षेत्र जहा आइएसका लडाकूहरुको आश्रय रहेको आशङ्का गरिएको छ ती स्थानहरुमा सैनिकले आक्रमण थालेको बताइएको छ ।
आजैदेखि अमेरिकी सेनाले ती आक्रमणहरुको समन्वय प्रदान गरिरहेको बताइएको छ । शुक्रबार हवाई अतिरिक्त स्थल कारबाही पनि भएको र सयौं जना आइएसका लडाकू पक्राउ परेका जानकारी दिइएको थियो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया