स्पेसल ओलम्पिक खेलका नेपाली खेलाडीहरु लस-एन्जलसमा
लस एन्जलस ९ साउन । स्पेसल ओलम्पिक खेल २०१५ मा सहभागी हुन आएको खेलाडी र प्रशिक्षक सम्मिलित ८ सदस्य नेपाली प्रतिनिधिमंडल क्यालिफोर्नियाको लस एन्जलस आइपुगेको छ । हेड अफ डेलिगेशन ज्योति सेरचनसंगै मूख्य प्रशिक्षक गणेश पराजुली र प्रशिक्षक मिना भुषाल सहित आठ जनाको नेपाली टोलि पदकको अपेक्षा सहित स्पेसल ओलम्पिक खेल २०१५ मा सहभागी हुन लस एन्जलस आइपुगेको हो । बिहिबार स्पेसल ओलम्पिक खेलमा सहभागी हुन आएका नेपाली खेलाडी र प्रशिक्षकहरुलाई स्थानिय म्यानहटन सिटीका मेयर मार्क बर्टन र सान डियागो, क्यालिफोर्नियाका लागि नेपाली वाणिज्यदूत ऋषि ढकालले स्वागत गरेका थिए । हेड अफ डेलिगेसन ज्योति सेरचनका अनुसार जुलाई २५ देखि अगष्ट २ सम्म आयोजना हुने स्पेसल ओलम्पिक खेलमा नेपालले एथलेटिक्स र बोची खेलमा सहभागिता जनाउने छ । वाणिज्यदूत ऋषि ढकालका अनुसार स्पेसल ओलम्पिक खेलमा सहभागी हुन आएका नेपाली खेलाडी खेल्ने दिन दक्षिण क्यालिफोर्नियाका नेपालीहरु खेलाडिलाई हौसला बढाउन नेपालको राष्ट्रिय झन्डा सहित खेल मैदानमा उपस्थित हुने छन् । उनका अनुसार प्रतियोगिता सकिए लगत्तै नेपाली खेलाडी र प्रशिक्षकहरुको सम्मानमा लस एन्जलसमा आगामी साता एक कार्यक्रम समेत आयोजन गरिने छ । स्पेसल ओलम्पिक खेल २०१५ मा सहभागी हुन आउने खेलाडिहरुमा एथलेटिक्स तर्फ मोनिका कार्की, दिपा निरौला, प्रदिप अधिकारी र इन्द्र शर्मा रहेका छन् भने बोची तर्फ आशिस देउजा रहेका छन् । स्पेसल ओलम्पिक नेपालका तर्फबाट आएको नेपाली खेलाडी र प्रशिक्षक सहितको टोली सोमाबर २७ देखि हुने खेलका लागि यतिबेला बन्द प्रशिक्षणमा रहेको छ । शन १९६४ मा सुरु भएको स्पेसल ओलम्पिक खेलमा नेपालले १९८७ देखि लगातार सहभागिता जनाउदै आएको छ । क्यालिफोर्नियाको लस-एन्जलस शहरस्थित, मेमोरियल कोलिजम खेल मैदानमा शनिबार उद्घाटन हुने स्पेसल ओलम्पिक खेल २०१५ मा १७७ राष्ट्रका खेलाडीहरुले २७ ओटा खेलमा प्रतिष्पर्धा गर्ने छन् ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया