रुँदै अमेरिका उडे आदित्य, एक महिनाभित्र नेपालमा अनिष्ट हुने भविष्यबाणी (भिडियो सहित)
काठमाडौं, ७ साउन । गुगल ब्वायको उपाधि पाएका आदित्य दाहालले रुँदै नेपाल छाडेका छन् । आदित्य स्वास्थ्य उपचारका लागि बिहीबार रुँदै अमेरिका उडेका हुन् ।
बिहीवार नै चार वर्ष पुरा गरी पाँचौं वर्ष लागेका आदित्य बाबु शेषराज र आमा ईश्वराका साथमा अमेरिका उडेका छन् । अमेरिका प्रस्थान गर्दा आदित्य लामो समय भक्कानिएका थिए । उनको आफन्तको जमघटमा उनको जन्मोत्सव पनि मनाइएको थियो । आफ्नो जन्मदिनको केट काटेर आदित्य अमेरिकातिर प्रस्थान गरेका छन् ।
उनले अमेरिका प्रस्थान गर्दा नेपाल सरकारलार्इ अचम्मको प्रश्नसमेत लेखेका छन् । उनी लेख्छन्, नेपाल सरकारलाई धन्यवाद । म स्वस्थ भई फर्किने अपेक्षा गरेको छु ।’ पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् । यद्यपि उनी नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान, जापानीज भाषामा लेख्न सक्छन् । आदित्यले अमेरिका जाने निश्चित भएपछि कापीमा-‘म एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेका थिए ।’
साढे तीन वर्षको उमेरदेखि शारीरीक रुपमा अशक्त बनेका आदित्यको उपचार नेपालमा असम्भव भएपछि अमेरिकातर्फ लगिएको हो । यसअघि नै सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ । बोल्न र हिँडडुल गर्न नसक्ने आदित्यसँग असाधारण क्षमता रहेको छ ।
हेर्नुस् भिडियो उनले के भने ?
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया