राष्ट्रपति सभाध्यक्ष भेट, सुझाव सङ्कलनमा ऐतिहासिक सफलता
काठमाडौँ, ८ साउन । राष्ट्रपति डा रामवरण यादवलाई भेटेर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ‘नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा’मा नागरिकको सुझाव सङ्कलन ऐतिहासिक रुपमा सफल भएको जानकारी गराउनुभएको छ ।
नियमित भेटघाटका क्रममा राष्ट्रपतिसँग आज भएको भेटमा उहाँले सुझाव सङ्कलनमा जनताको अत्यधिक सहभागिता रहेको बताउनुभएको थियो ।
राष्ट्रपतिसमक्ष आफूले प्रस्तुत गरेको विवरणबारे थप जानकारी दिँदै सभाध्यक्ष नेम्वाङले भन्नुभयो, “छिटफुट घटनाबाहेक सुझाव सङ्कलनमा जनताको उत्साहपूर्वक सहभागिता रहेको पाइयो । राजधानीमा समेत ज्ञापनपत्र बुझाउनकोे ओइरो लाग्यो, सर्वोच्च अदालतको पूर्ण बैठकबाट पनि मस्यौदामाथि सुझाव प्राप्त भएको छ ।”
सो अवसरमा राष्ट्रपति डा यादवसमक्ष संविधानसभा सचिवालयमा विद्युतीय माध्यमबाट ३३ हजार बढी सुझाव आएकाले जनताको सहभागिता उल्लेख्य हुनुले दलहरुले गरेको प्रयासलाई अनुमोदन गर्नुका साथै द्रुतमार्गबाट संविधान ल्याउन अनुरोधसमेत गरेको जानकारी सभाध्यक्षले गराउनुभएको थियो ।
सो अवसरमा राष्ट्रपति डा यादवले सुझाव सङ्कलन कार्यमा जनताको उल्लेख्य सहभागिताले संविधान लेखनको कार्यलाई अगाडि बढाउन आधार तयार गरेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति डा यादवले संविधान निर्माण प्रक्रियामा असहमति व्यक्त गर्ने पक्षले विरोध मात्र गर्नुको सट्टा लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेर अगाडि बढेको भए हुन्थ्यो भन्ने भनाइ प्रस्तुत गर्नुभएको सभाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
राष्ट्रपतिले संविधान निर्माणको प्रक्रियामा असहमति व्यक्त गरिरहेका दललाई विश्वासमा लिएर अगाडि बढ्न तथा उपयुक्त समयसीमाभित्र काम फत्ते गर्नसमेत सभाध्यक्षलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया