प्रजातान्त्रिक संविधान बनाउन सुझाव महत्वपूर्ण छ: अध्यक्ष नेम्वाङ
काठमाडौँ, ७ साउन । प्रजातान्त्रिक संविधान जारी गरिनुपर्ने सुझावसहित प्रजातान्त्रिक विचार समाजले आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्लाई नेपालको संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव प्रतिवेदन बुझाएको छ ।
समाजका अध्यक्ष डा केदारनरसिंह केसी नेतृत्वमा गएको टोलीले अध्यक्षलाई उहाँकै कार्यकक्ष सिंहदरबारमा भेटी सुझाव बुझाएको हो ।
सुझाव ग्रहण गर्दै अध्यक्ष नेम्वाङले प्रजातान्त्रिक संविधान बनाउन समाजको सुझाव महत्वपूर्ण हुने र सुझावलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा जानकारी गराउने प्रतिवद्धता जनाउनुभयो ।
सुझावमा २००७ सालदेखि जनताले संविधानसभा मार्फत संविधान बनाउने माग गरेकाले अब बन्ने संविधानको प्रस्तावनामै सो कुरा राखिनुपर्ने तथा संविधान हतारमा भन्दा समय लिएर भएपनि सङ्घीयताको सीमाङ्कन गरिनुपर्ने उल्लेख छ । त्यस्तै मस्यौदामा संविधानको नाम नेपालको संविधान २०७२ राखिएकोमा त्यसलाई संशोधन गरी गणतन्त्र वा लोकतन्त्र नेपालको संविधान राखिनुपर्ने, धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राखिनुपर्नेलगायतका सुझाव छन् ।
यसैबीच नेपाल महिला सङघले पनि संविधानमा समेटिनुपर्ने विभिन्न सुझावसहितको प्रतिवेदन आजै अध्यक्ष नेम्वाङलाई बुझाएको छ । सङघका अध्यक्ष डा डिला सङग्रौलाको नेतृत्वमा गएको टोलीले सो सुझाव बुझाएको हो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया