घुस लिएको अभियोगमा पक्राउ

इनेप्लिज २०७२ साउन ७ गते १४:४४ मा प्रकाशित

pakraauकाठमाडौँ, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक कालोपत्र गर्ने ठेकेदारसँग घुस लिएको आरोपमा डिभिजन सडक नं २ टेकुका इन्जिनियर र सब इन्जिनियरलाई आज थलोमा नै पक्राउ गरेको छ ।

आयोगका अनुसार काठमाडौँ चन्द्रागिरि नगरपालिकाअन्तर्गत त्रिदेवीमार्ग दहचोकको सडक कालोपत्र गर्न जारी ठेक्कासँग सम्बन्धित व्यक्तिसँग घुस लिएको सूचनाका आधारमा आयोगको टोलीले आज कलङ्कीबाट तिनलाई पक्राउ गरेको हो । सो कार्यालयका इन्जिनियर ललिजन खनाल र सब इन्जिनियर गोविन्द गैरेलाई ठेकेदारबाट घुस लिँदै गरेको अभियोगमा पक्राउ गरिएको हो । अभियुक्तमाथि थप अनुसन्धान जारी रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै धादिङ भूमेस्थान–९ स्थित लाटीदेवी निमावि विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष वीरबहादुर तामाङविरुद्ध सरकारी सम्पत्तिको हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अभियुक्त तामाङले अनियमित तवरले रु दुई लाख ३८ हजार ८९८ हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया