शुक्रबार, असार ११ २०७८
काठमाडौं १५:०५
वासिङटन डिसी 05:20

राम्रा सुझाव एक व्यक्तिले दिए पनि समेटिनुपर्ने

इनेप्लिज २०७२ साउन ७ गते १४:४३ मा प्रकाशित

sankhar pokhrelबुटवल, ७ साउन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले संविधान जारी गर्नु अगाडि सीमाङ्कन र नामाङ्कनको कुरा उठाउँदा संविधान बन्ने आधार भत्किने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले अहिले नै प्रदेशको सीमाङ्कन र नामाङ्कन गर्न थाले त्यसको विवादले संविधान बन्न नसक्ने अवस्था आउन सक्छ भन्दै साउनभित्र नै संविधान जारी गर्नाको विकल्प नभएको बताउनुभयो ।

सोह्रबुँदे सहमतिमा हस्ताक्षर गर्ने दलले यसै महिनाभित्र संविधान जारी गर्न जुट्नुपर्ने बताउनुभयो । “साउनभित्र संविधान जारी गरेपछि संविधानसभा समाप्त हुन्छ” पोखरेलले भन्नुभयो, “त्यसपछि प्रदेशको सीमाङ्कन र नामाङ्कन आयोगले गर्छ ।” नेता पोखरेलले राम्रा सुझाव एक जना व्यक्तिले दिए पनि त्यसलाई संविधानमा समेटिनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया