पुष्पलालको स्मृतिमा रक्तदान
काठमाडौँ, ७ साउन । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३७ औँ स्मृति दिवसका अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा १३० पिन्ट रगत सङ्कलन गरिएको छ ।
युवा सङ्घ नेपालले आयोजना गरेको सो कार्यक्रमको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले रक्तदान गरी शुभारम्भ गर्नुभएको थियो ।
मन्त्री अधिकारीले संस्थापक महासचिवको सम्मानमा रक्तदान गर्न पाउँदा खुशी व्यक्त गर्दै मानिसले गरेको रक्तदानले मानिसकै जीवन बचाउन सहयोग पुग्ने हुँदा यसलाई आवश्यकताअनुसार निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष निरुदेवी पाल, महासचिव राजीव पहरी, सचिव अशोक चन्दले समेत रक्तदान गर्नुभएको थियो ।
सङ्घका अध्यक्ष पालले नेपालको राजनीतिक इतिहासमा पुष्पलालले गरेका त्याग र सङ्घर्ष युवाका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताउनुभयो ।
‘पुष्पलालको योगदानलाई स्मरण गर्दै एकपटक रक्तदान गरौँ’ भन्ने मुलनाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया