नेपाली घरका नव निर्वाचित पदाधिकारीलाई स्वागत तथा जिम्मेवारी हस्तान्तरण
जुलाई २२,२०१५
कोलोराडो, अमेरीका
कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको नव निर्वाचित पदाधिकारीहरुको स्वागत तथा जिम्मेवारी हस्त्ँँन्तरण कार्यक्रम सम्पन्न भयो ।
बु्रमफिल्ड स्थित मिनी ईन्डिया रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा स्थाानीय संघ संस्थ्ँँका पदाधिकारी तथा बुद्धिजिवीहरुको बाक्लो उपस्थिती रहेको थियो । निवर्तमान अध्यक्ष नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन समितीका सदस्य जगन्नाथ गौतमले निर्वाचित पदाधिकारी नाम पढेर सुनाएका थिए भने संयोजक सुशिल त्रिपाठीले प्रमाण पत्र वितरण गरेका थिए । स्वागत कार्यक्रमका विशेष अतिथी साहित्यकार गोपाल जी नेपालीले नव निर्वाचित पदाधिकारीहरुलाई खादा ओडाई सम्मान गरेका थिए ।
कार्यक्रमका विशेष अतिथी गोपालजी नेपालीले निर्विरोध निर्वाचित पदाधिकारी सवैलाई स्वागत तथा बधाई दिंदै कार्य सफलताको कामना गरे । उनले यती बाक्लो संख्यामा नेपाली बसोवास गर्ने कोलोराडोमा आनो कृति सार्वजनिक गर्न लाग्दा नेपाली को पहिच्ँँन भएको कुनै ठाउ नभएर चर्जमा गएर गर्नु परेको यथार्थ बताउदै चाडै नेपालीघर निर्माणको टुङ्गो लाग्ने बताए । त्यसैगरी नेपाली जनसम्पर्क समिती अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिक, रकी माउन्टेन फेन्ड्स अफ नेपालका अध्यक्ष्ँ शरद आचार्य , तमुघी कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र बहादुर गुरmङ, नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरका गणेश भण्डारी, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष बासुदेव खनाल, डा. सुदिप प्याकुरेल, अन्तराष्ट्रिय कलाकार समाजका महासचिव निसा घिमीरे लगाएतका वक्ताहरुले निर्वाचित पदाधिकारी सवैलाई स्वागत गर्दै नेपालीघर आङ्खनो लक्ष्यमा अगाडी बढे साथमा साथ दिई सक्दो सहयोग गर्ने प्रण गरे ।
स्वागत कार्यक्रमामा निवर्तमान उपाध्यक्ष मोहन मिश्रले स्वागत भाषण गरेका थिए भने वर्तमान कोषाध्यक्ष जगदिशचन्द्र ढकालले कार्यक्रम संचालन गरेका थिए । जिम्मेवारी हस्तान्तरण कार्यक्रमका सभापती एबं निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले नयां कार्यसमितीलाई स्वागत तथा बधाई दिंदै नेपालीघर निर्माणको लागि गठित संस्था जुजारु तथा यूवा नेतृत्वलाई हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताए । उनले संस्थाले स्थापना कालदेखी नेपालीघर निर्माणको लागि हरेक वर्ष देउशी भैलो खेल्दै जम्मागरेको रकम मद्ये भुकम्प पिडीतलाई पांच हजार सहयोग गरेको र बाकी २८ हजार नयां कार्य समितीलाई जिम्मा लगाउने तयारी भएको बताए । त्यसैगरी नव निर्वाचित अध्यक्ष योगराज गौतमले पदभार ग्रहण गर्दै सबैको आशाको केन्द्र विन्दु नेपालीघर निर्माणको लागि आफू र आºनो टिम लागि पर्ने प्रण गर्दै यसमा सबैको साथ र सहयोगको खांचो पर्ने बताए ।
यसरी निर्वाचित भई पदभार ग्रहण गर्नेहरुमा अध्यक्ष पदमा योगराज गौतम, पब्लिक रिलेसन अफिसरमा कुमार कार्की, टेक्नीकल अफिसर निर्मल श्रेष्ठ, कम्युनीकेसन अफिसरमा नातिबाबु भट्ट रहेका छन् । त्यसैगरी महिला प्रतिनिधी बन्दना कार्की, क्षेत्रीय प्रतिनिधीहरुमा जगदिशचन्द्र ढकाल, लिला ढुङ्गाना र दिनेश श्रेष्ठ रहेका छन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया